राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई नमुना युक्त गाउँपालिका बनाएरै छोड्ने

वाँके ।प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा निर्वाचित भएका उम्मेदवारहरु अहिले जितको खुसी साटन मै बेस्त छन । मुलकका सबै जसो ठाउँमा विजयी जुलुस सहित अबिर फुलमालाको थुप्रो नै देखिन्छ । भने कतिपय ठाउँमा नतिजा आउने क्रम जारी छ । यसै विच बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा निर्वाचीत सांसद कृष्ण केसी (नमुना) ले राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई नमुना युक्त गाउँपालिका बनाएरै छोड्ने बताउनुभएको छ । आज विजयी जुलुस पछिको सभालाई सम्बोधन गदै उहाँले ६ महिना भित्र सबैको घरमा विद्युत बाल्ने गरि पहल गर्ने र रोकीएको विद्युतिकरणको कार्यलाई सुचारु गर्न एक हप्ता भित्र ताकेता गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिबद्धताहरुलाई क्रमश कार्यन्वयनको चरणमा लैजाने पनि बताउनु भएको छ ।





error: Content is protected !!