वम विस्फोटनमा उमेदवार घाईते, हेलिकप्टरमा लैजाने तयारी

जिवनाथ दहाल / उदयपुर
नेपाली काँग्रेस उदयपुरका उमेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समुहले बुधबार बिहान थापेको एम्बुस पडकदा उमेदवारसहित ४ जना घाईते भएकाछन् ।
उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का काँग्रेसका उमेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो ।
विस्फोटनमा परी उमेदवार कार्की, उदयश्री वहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति मिरा कटुवाल, नाम नखुलेका चालक र अन्य एक कार्यकर्ता घाईते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए ।
उनका अनुसार घाईतको अबश्था गम्भिर रहेकाले उपचारका लागि हेलिकप्टर मगाइएको छ । कार्कीको एउटा हात चलेको छैन् भने कटुवालको पैतलामा चोट लगोको जनाइएको छ ।
घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ भर्खरै प्रहरी परिचालन भएकाले पुगेपछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
मंगलबार मात्र नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का काँग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी वम विस्फोटन गराइएको थियो ।





error: Content is protected !!