८५ स्थल मध्ये ६० स्थलकाे मतपेटिका सदरमुकाममा

जाजरकोट / जाजरकोट मा अहिले सम्म ६० वटा मतदान स्थलकाे मतपेटिका सदरमुकाम ल्याईएकाे छ । ८५ स्थल मध्ये ६० वटा स्थलकाे मात्र पुगेकाे प्रमुख जिल्ला अधिकारि पुष्पराज शाहिले जानकारी दिनुभयाे । जिल्ला काे त्रिवेणी नलगाड नपा र वारेकाेट गापा काे मतपेटिका सदरमुकाम वेलुका सम्म पुग्ने शाहिले जानकारी दिनुभयाे । त्रिवेणी नलगाड नपाकाे वडा १०,११,१२,१३ डाेल्पाकाे सिमाना सग जाेडिएका ठाउँ हुन भने वारेकाेटगापा जुम्ला सग सिमाना जाेडिएकाे क्षेत्र हाे । दुवै ठाउकाे दल्लिमा जम्म गरि अहिले सदरमुकाम लिदै गरेकाे विजा विभागिय मन्त्री टेकवहादुर वस्नेतका निजि सचिव सुदाम गाैतमले जानकारी दिनुभयाे । अन्य ठाउकाे सुरक्षा खतरा वढेपछि राति नै सदरमुकाम कडा सुरक्षाका साथ ल्यईएकाे छ । जाजरकोट मा ८५ स्थल र ११६ मतदान केन्द्र रहेका छन् । सडक सञ्जालले छाेएका ठाउकाे मतपेटिका समयमै सदरमुकाम लिईएकाे थियाे ।





error: Content is protected !!