पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु

 

 

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको निर्वाचन आयोगले बताएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म  सञ्चालन हुनेछ ।

पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाका १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् ।

७०२ उम्मेदवारको भाग्य परीक्षकका रूपमा करिब ३२ लाख मतदाता पहिलो चरणको मतदानमा सहभागी हुँदैछन् ।

एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन् ।


चार हजार मतदान केन्द्र

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन् ।  ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन् ।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा करिब ५० हजार कर्मचारी चुनावमा खटिएका छन् ।  एउटा मतदान केन्द्रमा छदेखि नौ जनासम्म कर्मचारी खटिएका छन् ।
मतदान अधिकृतदेखि अन्य कर्मचारीसम्म चुनावमा खटिनेछन् ।  निर्वाचन अधिकृतको कार्यालयमा भने कम्तीमा १० देखि १८ जनासम्म कर्मचारी खटिएका छन् ।  चुनावका लागि स्वयंसेवक पनि खटिएका छन् ।


यी जिल्लामा हुँदैछ चुनाव

हिमाली र उच्च पहाडी गरी ३२ जिल्लामा आइतबार निर्वाचन हुँदैछ ।  प्रदेश नम्बर २ बाहेकमा सबै प्रदेशका केही जिल्लामा निर्वाचन हुन लागेको हो ।  आइतबार पहिलो चरणमा प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सात जिल्लामा चुनाव हुँदैछ ।

प्रदेश १ का सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन हुँदैछ ।  यस्तै प्रदेश ३ का १३ जिल्लामध्ये ६ जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमा नुवाकोट रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप रहेका छन् ।

प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये पहिलो चरणमा आइतबार ६ जिल्लामा मतदान हुँदैछ जसमा मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा छन् ।  प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये पहिलो चरणमा दुई जिल्लामा मात्र निर्वाचन हुँदैछ जसमा रोल्पा र रुकुम पूर्व रहेका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर ६ को ७ जिल्लामा निर्वाचन हुँदैछ ।  प्रदेश ६ का १० जिल्लामध्ये अन्य तीन जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ ।  आइतबार प्रदेश ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पामा मतदान हुँदैछ ।  प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये आइतबार चार जिल्लामा निर्वाचन हुनेछ ।  दार्चुला, बझाङ, बाजुरा र बैतडीमा आइतबार निर्वाचन हुनेछ ।

तीन मतपत्र, चार छाप
योपटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन् ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् ।  प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ ।

हरियो रङको मतपत्रमा हरियो रङकै चुनाव चिह्न छन् ।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ ।

यस्तै प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ ।  कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन् ।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मत सङ्केत गर्नुपर्नेछ ।

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् ।

मकवानपुरमा लोहनीका उम्मेदवारले कमल थापालाई सघाउने

केपी ओलीको आलोचना गर्दै प्रधानमन्त्रीपत्नीको यस्तो दाबी

ठूला पार्टीले महिलालाई टिकट नदिएकोमा महिला नेत्री रुष्ट

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा, रेकर्डिङ पठाएर भोट

बाबुलाई जिताउन उर्बसी र देवयानीको यस्तो कसरत

बम विस्फोटपछि भक्तपुरका सर्वसाधरणमा त्रास, सुरक्षा व्यवस्था कडा

कमेन्ट

कमेन्ट गर्नेहोस्

तपाईको ईमेल गोप्य राखिनेछ





error: Content is protected !!