विप्लव कार्यकर्ताले गरे वडाध्यक्षको अपहरण

जाजरकोट  ः जाजरकोट कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका हुन्।

सुक्रवार राति २ बजे गाउँपालिका कार्यालय स्याक्री नजिकैबाट नेकपाका चार पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिनुभयो । ‘भोलि हुने निर्वाचनको तयारीबारे छलफल गदै थियौं’, उहाँले भन्न्ुभयो ‘विप्लवका चार पाँच जना कार्यकर्ताहरू आएर समातेर लगे। प्रतिकार गर्दा सकिएन तर लगिछाडे ’ नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई लगेको स्वीकार गरेका छन्। आइतबार हुने निर्वाचन रोक्ने उद्देश्यले नेपालीलाई लगेको प्रतिक्रिया दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेश धिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताउनुभयो । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ को वडाध्यक्ष चुनिएका हुन् ।





error: Content is protected !!