भोट किन्दै गर्दा राना वाईसिएलको फन्दामा

जाजरकोट , यहाँको भेरी नगरपालिका वडा १ पिपेमा भोट किन्दै गर्दा सुक्रवार वे
लुका रिम्नाका गोरे राना पक्राउ परेका छन् । वाईसिएल र स्थानीयले भेरी नगरपालिका १ रिम्नाका गोरे रानालाई रु ७१ हजार सहित पक्राउ गरेको वडा नं १ का वडा अध्यक्ष दिपक रानाले जानकारी दिनुभयो । गोरेले नेपाली कांग्रेसका उम्मेदवारले भोट किन्नका लागि दिएको रकम उहाँहरुकै निर्देशनमा वाँड्न लागिएको वताएका छन् । सो वरामत गरिएको रकम स्थानीय वागेश्वरी निम्न माध्यमिक विद्यालय पिपेलाई उपलव्ध गराईने वडा अध्यक्ष दिपक रानाले वताउनुभयो ।










