काम नगर्ने कर्मचारी कारवाहीमा

जाजरकोट , यहाँका स्वास्थ्य संस्थामा नियमित काम नगर्ने स्वास्थ्य कर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कब्र्मीहरु समयमा उपस्थित नहुँने , लामो समय विदामा वस्ने लगाएतका गुनासा आएपछि छट्के निरिक्षण तथा अनुगमण गरिएको थियो ।
अनुगमण गर्दा स्वास्थ्य संस्थामा भन्दा व्यक्तिगत काम गर्ने काम चोर कर्मचारीलाई स्पष्टीकरण सोधिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
काम नगर्ने स्वास्थ्य कर्मीलाई पहिलो चरण स्पष्टीकरण सोधिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिमा स्वास्थ्य चौकी , अर्छानी स्वास्थ्य चौकी र टालेगाउँ स्वास्थ्य चौकीमा कार्यरत ७ जना स्वास्थ्य कर्मी लाई स्पष्टीकरण सोधिएको हो । १ दिन देखि १७ दिन सम्म स्वास्थ्य संस्थामा हाजिर गएल देखिएपछि स्पष्टीकरण सोधिएको छ ।
गयल स्वास्थ्यकर्मीको तलव भत्ता रोक्का गरिएको छ । स्वास्थ्य जस्तो महत्वपुर्ण स्थानमा लापरवाही गर्ने जुनसुकै व्यक्तिलाई कारवाही गरिने जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमूख रामवहादुर नेपालीले वताउनुभयो । काम नगर्ने कर्मचारीलाई सम्वन्धित गाउँपालिका र नगरपालिकालाई निगरानी गर्न पत्राचार समेत गरिएको छ ।










