आचारसंहिताको खिलाफमा सरकार, मध्यराति ४ एआइजी बढुवा

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रातारात दरबन्दी थपेर ४ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।
सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसेर ४ डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमति जनाउँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको हो ।
बढुवा कालागि सिफरिस हुनेमा डिआजी हेमन्तबहादुर पाल, डिआजी मधु प्रसाद पुडासैनी, डिआजी माधब प्रसाद नेपाल र डिआजी पंकज श्रेष्ठ रहेका छन् ।










