मोवाईलमा कुरा गर्ने उपल्लो डोल्पालीको सपना साकार हुँदै,जिल्लाका दर्जन धेरै टावर मर्मत गर्न प्राविधिक टोली डोल्पामा !

दुनै(डोल्पा) २५ कार्तिक
हिमाली जिल्ला डोल्पाको उपल्लो भेगमा बसोबास गर्ने सर्वसाधारणको बर्षौ देखिको घरमै बसेर फोनमा कुरा गर्ने सपना अझै अधुरै छ ।
बर्षौ देखि संञ्चारविहिन भएको उपल्लो डोल्पा फोन सुविधा नहुँदा राज्यसँग सम्पर्क बिच्छेद भएको थियो ।
उपल्लो डोल्पालीको सपनालाई साकार पार्न सुक्रबार हेलो नेपाल मोवाईल सेवाको नौ जनाको प्राविधिक टोली मर्मत सामाग्री सहित डोल्पा आईपुगेको छ ।
“झन्डै एक बर्षको संघर्ष पछि प्राविधिक टोली डोल्पा ल्याएका छौ,उपल्लो डोल्पाबासीको पिडा दर्साउँदै विगतका बर्षहरुमा जिल्लामा धेरै धायौँ तर सुनुवाई नभएपछि एक बर्ष देखि राजधानी धायौँ”काईके गाँउ पालिकाका समाजसेवी ओम मगरले भन्नुभयो ।
“राज्यसँग गुहार गर्दा थाकी सकेका थियौ,तर सपना पुरा गराएरै छाड्ने अठोट भने टुटेको थिएन्,ढिलै भएपनि राज्यले हाम्रो पिडा सुननिदियो ।”
“हेलो नेपालले पनि हाम्रो गुनासो सुन्यो,अव हाम्रो सपना पुराहुने नजिकमा छौँ,हामी धेरै खुशि छौँ ”समाजसेवी रोकामगरले भन्नुभयो ।
नयाँ टावर राख्न र बिग्रेका टावर मर्मतकालागि उपल्लो डोल्पाबाट तल्लो डोल्पा र तल्लो डोल्पाबाट काठमान्डौँ पुग्दा झन्डै पाँचलाख जती खर्च भएको उहाँले बताउनुभयो ।
आफु र काईके गाउँपालीकाका अन्तर्गत वडा न ७ का अध्यक्ष रामचन्द्र रोकायको पहलले सार्थकता पाएकोमा उहाँले खुशि व्यक्त गर्नुभयो ।
संञ्चार सुविधा नहुँदा उपल्लो डोल्पालीले भोग्नु परेको पिडामा मलम लगाउन डोल्पा आएको प्राविधिक टोलीले जनाएको छ ।
छ बर्ष अघि देखि डोल्पाका दर्जन धेरै ठाउँमा राखिएका हेलो नेपालका टावरहरु मर्मत गरेर एक हप्ता भित्रै सुचारु गर्ने प्राविधिक टोली डोल्पा पठाईसकेको हेलो नेपालका निर्देशक मधु प्रदानले जानकारी दिनुभयो ।
उक्त प्राविधिक टोलीले संञ्चारको सुविधा नभएका बाँकी क्षेत्रहरुमा समेत नयाँ टावर स्थापनाकालागि स्थलगत अध्ययन् गर्ने उहाँको भनाई छ ।
अबको एक दुई दिन भित्रै समुह विभाजन भएर उपल्लो डोल्पाका विभिन्न क्षेत्रमा जाने र बर्षौ देखिकोे उपल्लो डोल्पालीको सपना साकार पार्ने प्राविधिक टोलीको भनाई छ ।
हेलो नेपालको टावर उपल्लो डोल्पाको भिजेर,साल्दाङ, तीन्जे,धो,छार्का,कागकोट,सहरतारा,रिमि,रह,फोक्सुन्धो,जिउँ लगाएतका स्थानहरुमा राखिएको समेत हेलो नेपालले जनाएको छ ।
उपल्लो डोल्पा हेलो नेपाल वाहेक नमस्ते र स्काईको मोवाईल टावर राखिदिनको लागि समेत उपल्लो डोल्पालीले आग्रह गरेका छन् ।

भेरीखवर संवादाता





error: Content is protected !!