पूर्व राष्ट्रपति यादबलाइ घर छाड्न १५ दिने ‘अल्टिमेटम’

काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न भनिएको छ । आज एक दैनिक पत्रिकामा सूचनामा १५ दिने म्यादसहित घर छाड्न निर्देशन दिइएको छ ।
राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको भन्दै यसरी घर छाड्न सूचना जारी गरिएको छ । पटक–पटक घर खाली गर्न सूचना दिदा पनि घर खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निनकाले यस्तो बताएका हुन् ।
मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने विष्टले निकालेको सूचनामा छ । 










