डोल्पामा हिमपात पछि चिसो बड्यो,दैनिकी कष्टकर बन्दै !

दुनै(डोल्पा) कार्तिक हिमाली जिल्ला डोल्पामा एक साता देखिको बदली पछि हिमपात भएको छ । यहाँको उपल्लो भेगमा पर्ने डोल्पो बुद्ध
,छार्काताङसोङ,शे–फोक्सुन्डो गाँउपालिका विभिन्न बस्तिहरु र तल्लो भेगका उच्च भु–भागहरुमा हिमपात भएपछि चिसो ह्वातै बडेको हो ।
यसबर्ष कार्तिक महिनाको पहिलो साता भित्रै हिमपात भएपछि डोल्पालीको दैनिकी कष्टकर बन्दै गएको हो ।
हिमपात पछि बडेको जाडो स“गै डोल्पालीको दैनिकी दिनप्रति दिन कष्टरकर बन्दै गएको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय नैना नन्द देबकोटो बताउनुभयो ।
“यसपालि गत बर्ष भन्दा अगाडी नै हिमपात भयो,चिसो पनि धेरै छ, विहान बेलुकी झनै चिसो हुन्छ,दिउसो हावा चल्छ”उहा“ले भन्नुभयो “हिमपात स“गै बडेको चिसोलो नियमित सरसफाई गर्न पनि समेत समस्या भएको छ”
डोल्पाको उत्तरी क्षेत्र उच्च हिमाली क्षेत्र भएकाले तल्लो डोल्पा धेरै चिसोहुने गर्दछ ।
असोज कार्तिक लागेस“गै हिमपात हुने भएकाले प्रत्येक बर्ष उपल्लो डोल्पालीहरु जाडो छल्न बेशी झर्ने गर्दछन् ।
यसपाली पनि उपल्लो डोल्पाका विभिन्न बस्तीहरुमा कार्तिक पहिलो साता भित्रै हिमपात भएपछि बस्तु भाउ बनमा लैजान समस्या भएको उपल्लो डोल्पालीले बताएका छन् ।
उपल्लो डोल्पामा हिमपात स“गै बडको चिसोले गर्दा बिद्यार्थीहरुलाई बिद्यालय सम्म पुग्न समेत समस्या भएको शिक्षक गंगाराम कठायतले बताउनुभयो ।
कार्तिक लागेस“गै बडेको चिसोले गर्दा बुढाबुढी तथा केटाकेटीहरु धेरै प्रभावित भएकाछन् ।
प्रत्येक बर्ष कार्तिक देखिनै चिसो बड्ने भएकाले मंसिर अन्तिमसम्म बार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाकालागि यहा“का सम्पुर्ण बिद्यालयहरु बन्दहुने गर्दछन् ।
दिनप्रति दिन जाडो बड्दै जानथालेपछि डोल्पालीहरु जाडो कटाउनका न्याना कपडा,दाउरा,पशुबस्तुका लागि घा“सपात जुटाउन तिर लागेका छन् ।
भेरीखवर संवादाता










