मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, गृहसचिवमा सापकोटालाई जिम्मेवारी

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, गृहसचिवमा सापकोटालाई जिम्मेवारी

काठमाडौं– गृहसचिव लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

हालका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकास पाएपछि रेग्मी मुख्यसचिव बनेका हुन् ।वरियतामा तेस्रो नम्बरमा रहेका रेग्मी २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए ।

सचिवको वरियतामा पहिलो नम्वरमा  ङइन्द्रप्रसाद उपाध्याय, दोस्रोमा शंकर अधिकारी र तेस्रोमा रेग्मी थिए । मुख्यसचिवमा नियुक्त भएका रेग्मीको प्रधानमन्त्री पत्नी आरजु देउवासंग राम्रो सम्बन्ध थियो ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी सिईयोमा पुर्व सचिव युवराज भुषाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयमा रहेका सचिव मोहन सापकोटालाई गृहसचिवमा सरुवा गरेको छ





error: Content is protected !!