कहिले अाउछन् हाम्रा चेत

पश्चिम नेपालकै पुरानो मध्य एक जाजरकोट खलंगा स्थित जिल्ला प्रहरीकार्यालयले छेकेको ऐतिहासिक कालिका मन्दिर को निर्माण २ सय ७५ वर्ष पुरानो हो ।
राजा हरि शाह १८२५ माघमा वनारस गएर फर्केपछि निर्माण गरिएको खलंगवजाट देखिने उक्त रमणीय मन्दिर लाईनै छेक्ने गरि मापदण्ड विपरित ठेकेदार (तत्कालिन अवस्थामा गणेश्रप्रसाद आचार्य)ले निर्माण गरेको जिल्ला प्रहरी कार्यालयको भवनले उक्त मन्दिर कतै वाट नदेखिने गरि छेकियो। म त्यतिवेला २०५० मा भर्खरै कान्तिपुरमा आवद्ध भएको थिए । समाचारपनि लेखें । स्थानीयनागरिक समाजका अगुवा केशवजंग शाह लगायतले स्थानीय प्रशाासनमा उजुरी पनि दिनु भयो तर सुनुवाई भएन । सामान्यतया एक सय वर्ष नाघेका कुनैपनि मठमन्दिर र ऐतिहासिक महत्व वोकेका वस्तुहरु पुरातत्व विभागमा दर्ता हुन्छन् र यसरी मापदण्ड विपरित मन्दिर नै छेकेर कुनैपनि भवन निर्माण गर्न पाईदैन । उजुरी गरे लाग्छ ।
यसै मन्दिरका समकालिन मन्दिरहरु वाजुराको वडीमालिका, डोटीको शैलेस्वरी मन्दिरलाई स्थानीय समाजले पर्यटकीय क्षेत्रकै रुपमा विकसित गरेका छन । अहिले पवित्र धाममा परिणत भएको छ । वर्षेनी लाखौं ले दर्शन गर्छन् । तर हाम्रा मन्दिरका पुजारीकै अनाहकमा अपहरण पश्चात विभत्स हत्या गरियो । संकटकालमा मन्दिरजाने वाटो समेत प्रहरीकै परिसरमा घेरेर पुजाआजा गर्न जान समेत छोरीचेली हरुडराउने गर्थे ।
वाग्लुग कालिका मन्दिर पनि हालै निर्माण भैई पर्यटकिय रुपमा विकास गरिएको छ । चेतना आउला कहिले हाम्रो जिल्लामा । गोरखा मनोकामना पनि जाजरकोटी शाह वंशकै छोरी हुन् । उनको मन्दिर पुन्मा भेरेखर्कमा जीर्ण छ । माईती खलक संग रिसाएर मेरा माईती लेमेरो अनुहार नहेरुन भनेर मनोकामनामा आए पछि जाजरकोटी राजाका शाहवंश हाल सम्म पनि मनोकामना दर्शन गर्न आउदैनन् ।
लेखक कान्तिपुरदैनिकका उप-सम्पादक हुन।











