विजेपीका नेता कोश्यारी वाम गठवन्धन भाड्न काठमाडौंमा सक्रिय

काठमाडौं– भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोश्यारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह इपिजीको बैठकमा भाग लिन नेपाल आएका विजेपी नेता कोश्यारीले प्रधानमन्त्रीसंग एक्ला एक्लै भेटवार्ता गरेका हुन ।

भेटमा पछिल्लो राजनितिक अवस्थाका बारेमा दुई नेताबीच छलफल भएको थियो । प्रधानमन्त्रीले बामपन्थीहरु बीचको एकतापछि आफु अफ्ठेरोमा परेको भन्दै सहयोग गरिदिन कोश्यारीलाई आग्रह गरेको स्रोतको दाबी छ । कोश्यारीले प्रधानमन्त्री देउवालाई सोमबार विहान ८ः४५ मा बालुवाटार पुगेरै भेटेका थिए ।
प्रधानमन्त्री देउवालाई कोश्यारीले भेटेलगत्तै भारतीय राजदूत मन्जिवसिंह पुरी उनलाई भेट्न काठमाडौंको लाजिम्पाटमा रहेको होटल रेडिसेन पुगेका थिए । राजदूत पुरी र कोश्यारीबीच एक घण्टा छलफल भएपछि विजेपी नेता कोश्यारी आजै दिल्ली उडेका छन् ।
विजेपीका नेता कोश्यारी वाम गठवन्धन भाड्न काठमाडौंमा सक्रिय

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासंग कोश्यारीको नजिकको सम्बन्ध छ । उनि भारतको उत्तराखण्ड राज्यका पुर्व मुख्यमन्त्री समेत हुन भने हाल विजेपीबाट लोकसेवा सदस्य छन् ।

विजेपी नेता कोश्यारीले कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शसांक कोइरालालाई समेत छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । त्यसका साथै मधेषवादी दलका नेताहरु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई पनि कोश्यारीले काठमाडौं बसाईको क्रममा भेटवार्ता गरेको स्रोतको दाबी छ ।





error: Content is protected !!