जाजरकोटमा पत्रकार राठौर र घर्ती सम्मानित

 असाेज ८, जाजरकाेट । नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रिय सदस्य हरीहरसिंह राठौर र पर्यटन पत्रकार सँघ (एन्टोज)का केन्द्रिय सचिव दिप बहादुर घर्तीलाई जाजरकोटमा सम्मान गरीएको छ । पत्रकार महासंघ र एन्टोज जाजरकोट शाखाले संयुक्तरुपमा दुवैजनालाई सम्मान गरेको हो ।

सदरमुकाम खलंगामा आइतवार एक कार्यक्रमको आयोजना गरी महासँघका केन्द्रिय सदस्य राठौर र एन्टोजका केन्द्रिय सचिव घर्तीलाई सम्मान गरीएको हो । जाजरकोटबाट पहिलोपटक केन्द्रिय समितिमा निर्वाचित भएका राठौर कान्तिपुर दैनिकका उपसम्पादक समेत हुन ।

कार्यक्रममा महासँघ जाजरकोटका अध्यक्ष भिम बहादुर सिंह, उपाध्यक्ष दिनेश श्रेष्ठ, सचिव हेमन्त के.सी, सल्लाहकार जनक केसी, एन्टोजका अध्यक्ष सुरेन्द्र सिंह लगायत जिल्लाका सम्पुर्ण पत्रकारहरुले सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै केन्द्रिय सदस्य राठौरले दुर्गमका पत्रकारहरुको समस्या समाधानको लागी आफुले सक्दो पहल गर्ने बताए ।





error: Content is protected !!