जाजरकोटमा राप्रपा र काङ्ग्रेसबाट ४३ जना नेता कार्यकर्ताले गरे माओवादीमा प्रबेश।

 जाजरकोट ।
त्रिवेणी नलगाड नगरपालिका जाजरकोटमा माओवादी केन्द्रको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।उक्त भेटघाट कार्यक्रममा ४३जनाले आफ्नो पाटी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन।
माओवादी केन्द्र जाजरकोट क्षेत्र न १का प्रदेश सभाका उम्मेदवार गणेश प्रसाद सिंह र माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गगन खडकाको उपस्थिति रहेको कार्यक्रममा रा प्र पा र काङ्ग्रेस परित्याग गरि ४३जना कार्यकर्ता ले माओवादी केन्द्रमा प्रबेश गरेका छन।

राप्रपाबाट प्रबेश गरेका रा प्र पा जिल्ला समिती सदस्य चुडामणि वुढा, डिल्ली वुढा ,राजकुमार शाहि , र नेपाली काङ्ग्रेस वाट विरवहादुर परियार , किरण घर्ती,नविन परियार लगायत गरि ४३ जनाले प्रवेश गरेकाे नेकपा माअाेवादि केन्द्र त्रिवेणी नलगाड नगरपालिकाले जनाएकाे छ ।
कार्यक्रममा माअाेवादि एकता र रुपान्तरण हुनु पर्ने र जनताको हकहितमा माओवादी सदैब लागि रहने इन्चार्ज गगन खड्का ले बताउनु भएको छ । यस्तै क्षेत्र १ का उम्मेदवार सिहले अबको माओवादी केन्द्रको राजनीतिक लडाई गरिबी,अशिक्षित र वेराेजगारि लाई निर्मुल पार्नु तथा उनिहरुकै हकहितमा लाग्ने वताउनुभयाे । उहाले उम्मेदवार सिंहले अाफ्नो उम्मेदवारी र यी तीन कुराकाे अन्त्यका लागि भएकाे वताउनुभयाे ।





error: Content is protected !!