आज धुर्मुसको जन्मदिन,जन्रम दिनकाे अवसरमा धुर्मुस-सुन्तलीद्वारा रौतहटमा एकीकृत वस्तीको शिलान्यास

राैतहट। कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।

धुर्मुसलाई जन्मदिनमा लड्डु खुवाउँदै पत्नी सुन्तली । तस्बिरहरु: धुर्मुस–सुन्तली फाउण्डेसन

चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्ती शिलान्यास गरे ।


असोज ४ गतेबाट सुरु वस्ती निर्माण आगामी माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गर्ने तय भएको सीतारामले बताए । वस्ती निर्माणका लागि ५ करोड ७५ लाख लागत लाग्ने अनुमान छ । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भूकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।

यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिसबसोबास गर्दछन् । गत साउनमा गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेपछि धुर्मुस राहतसहित सन्तपुर पुगेका थिए ।

काभ्रेको पहरीवस्ती, सिन्धुपाल्चोकको गिरान्चौर वस्ती, महोत्तरीको बर्दिबासमा मुसहर वस्ती निर्माण गरिसकेका धुर्मुस–सुन्तलीले महत्त्वाकांक्षी नमूना नेपाल निर्माणको घोषणा गरिसकेका छन् ।





error: Content is protected !!