जिल्ला मै पहिलो पटक डाक्टर लिएर भाइरल प्रभावित घर घरमा पुगे नगर प्रमुख रावल।

लक्ष्मण रसाइली ,जाजरकोट ।
त्रिबेणी नलगाड नगरपालिका जाजरकोटका प्रमुख टेक बहादुर रावल अहिले त्रिबेणी नलगाड नगरपालिकाका विभिन्न वडा बस्तीमा फैलिएको भाइरल ज्वरो प्रभावित क्षेत्रमा औसधि तथा स्वास्थ्यकर्मी सहित प्रकोप क्षेत्रमा पुग्नु भएको छ।नगरपालिकाका वडाहरुको बस्तीहरुमा फैलिएको भाइरस ज्वरो नियन्त्रण गर्ने उदेश्यका साथ प्रमुख रावलका साथमा नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र सिंह,अ हे ब राजेन्द्र शाह,जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधि प्रचण्ड कार्की,अ न मि सुन कुमारी सिंह का.स जसन्त परियारको टोलि वडा न १०को रावतगाउ,ध्यारगाउ पुगेको छ।ध्यारगाउ,रावतगाउ मा प्रकोपबाट संक्रमित ३१६जनाले सेवा लिएका छन।जसमा महिला १९५ र पुरुष १२१रहेका छन।र संक्रमित हुनेमा महिला तथा बालबालिकाहरुको संख्या अधिक रहेको छ।र यी गाउँहरुमा मुलको पानी पिउने गरेका संक्रमण फैलिएको देखिएको छ।खानेपानीका मुहानहरु फोहोर भएकाले नै गाउमा संक्रमण फैलिएको हो।र गाउँमा स्वास्थ्य शिबिर लिएर गएका नगर प्रमुख रावल प्रती स्थानिय बासी खुसी ब्यक्त तथा धन्यवाद ब्यक्त गरेका छ्न।साथै नगरका संक्रमण फैलिएका विभिन्न वडा तथा बस्तीहरुमा स्थानमा औसधि पठाइएको समेत प्रमुख रावलले जानकारी दिनु भएको छ।





error: Content is protected !!