पत्रकार महासंघमा ५ अध्यक्षसहित १ सय १९ उम्मेदवार

काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि ५ अध्यक्षसहित १ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबारबाट सुरु भएको महाधिवेशनमा ४७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिका लागि १ सय १९ जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्षमा प्रेस चौतारी नेपालको नेतृत्वमा प्रेस सोसाईटी, मधेसी पत्रकार समाज र संघीय प्रेस फोरमका तर्फबाट तीर्थ कोइराला तथा प्रेस सेन्टर र प्रेस युनियन तथा प्रगतिशील पत्रकार संघका तर्फबाट गोबिन्द आचार्यले उम्मेद्वारी दर्ता गराएका छन् । कोइराला र आचार्यबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यस्तै, निवतर्मान महासचिव उजिर मगर, क्रान्तिकारी पत्रकार संघका तर्फबाट इन्द्रबहादुर रावत तथा स्वतन्त्र उम्मेद्वार भावना बिद्रोहीले पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म मतदान सम्पन्न हुने निर्वाचन अधिकृत अधिवक्ता राधिका खतिवडाले बताइन् । १० प्रदेशको १० ओटै बुथमा मतदान हुनेछ ।

खुल्ला उपाध्यक्षमा चौतारी गठबन्धनबाट मात्रिका पौडेल, समावेशी उपाध्यक्षमा महेश दास तथा सेन्टर र युनियन गठबन्धनबाट खुल्ला उपाध्यक्षमा विपुल पोखरेल र समावेशी उपाध्यक्षमा दिलिप थापामगरले दर्ता गराएका छन् । त्यस्तै, महासचिवमा चौतारीबाट बालकृष्ण बस्नेत र सेन्टर र युनियनबाट रमेश विष्टको उम्मेद्वारी परेको छ । खुल्ला सचिवमा क्रमश स् रुद्रप्रसाद भट्ट र रामप्रसाद दाहाल, दिपेन्द्र कुँवर र भुपराज खड्का महिला सचिवमा सुष्मा पौडेल र लक्ष्मी पुन, जनजाती सचिवमा सिद्धराज राई र उदय जिएम, मधेसी सचिवमा अतितकुमार मिश्र र शितलकुमार महत्तो, दलित सचिवमा धर्मेन्द्र कर्ण र रेम विश्वकर्मा, एशोसिएट सचिवमा महेन्द्र भट्टराई र प्रकाश थापा तथा कोषाध्यक्षमा खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेद्वारी परेको छ । लेखा समिति संयोजकमा रामहरि सिलवाल र रोशन पुरी प्रतिस्पर्धामा छन् ।

देश निर्माणमा संचार क्षेत्रको योगदान महत्वपूर्ण स् प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले २५ औं महाधिवेशनको उद्घाटन गरे । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली प्रेसले अबका दिनमा लोकतान्त्रिक गणतन्त्र र संघीयताको सुदृढिकरण र देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संविधानले विचार र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको स्मरण गर्दै प्रधानमन्त्रीले संचार क्षेत्रको विकास र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै उनले निर्धारित समयसीमाभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने दायित्वतर्फ सरकार अग्रशर भइरहेकोसमेत जानकारी गराए ।

‘व्यवसायिक पत्रकारिताको आधार–प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा देशभरबाट १५ सय १० सभासद् सहभागी छन् । कार्यक्रममा कांग्रेस प्रचार विभागका प्रमुख डा। मिनेन्द्र रिजाल, एमालेका प्रचार विभागका प्रमुख योगेश भट्टराई तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पनि सम्बोधन गरेकी थिइन् ।





error: Content is protected !!