टेलिकम प्रति बारेकोटबासी आक्रोसित

कालीप्रशाद थापा
जाजरकाेट बारेकोट । गुणस्तरीय टेलिफोन सेवा दिन नसकेको भन्दै नेपाल टेलिकम प्रति बारेकोटबासी आक्रोसित भएका छन् । सञ्चार सम्पर्क विहिन हुनुपरेपछि बारेकोटबासी नेपाल टेलिकम प्रति आक्रोसित भएका हुन् ।
बारेकोट गाउँपालिका सक्ला, नायकवाडा, रामीडाडाँ र रोकायगाउँमा गुणस्तरीय टेलीफोन सेवा नहुदा बारेकोटबासीले निकै ठुलो सास्ती खेप्नु परिरहेको विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालय लिम्साका प्राचार्य गोरखबहादुर सिंहले वताए । यो युगलाई सुचना संचारको युग भनिने गरिएको भएता पनि टेलिफोन सेवा प्रभावकारी नहुदा बारेकोटबासी १८ औं शताव्दीकै अबस्थामा रहन बाध्य हुनु परेको प्राचार्य सिंहको तर्क छ ।
घर–घरमा ईन्टरनेट र हात–हातमा टेलिफोन सेवा प्रवाह गर्ने नेपाल सरकारले घोषणा गरेको पनि धेरै बर्ष वितिसकेको छ तर, नेपाल सरकारको नीति तथा कार्यक्रमले बारेकोटलाई छुन सकेको छैन भन्दै प्राचार्य सिंहले आक्रोश ब्यक्त गरे । काठमाण्डौंमा रहेको सिंहदरवार गाउँ–गाउँमै पुगेको भनिएको छ तर, भक्खरै गाउँमा आईपुगेको सिंहदरवार झोलामै घुमन्ते अबस्थामा गाउँमै डुलीरहेको छ, नागरिकका समयस्या जिउँका तिउँ छन् प्राचार्य सिंहले भने ।
बारेकोट भरीनै टेलिफोन सेवालाई गुणस्तरीय बनाउनका लागि बारेकोट गाउँपालिका–५ रतनकोटमा रहेको स्काई फोन टावरमा ४८ वटा सोलर सेट जडान गर्नु पर्ने संचार विज्ञहरुको भनाई रहेता पनि, नेपाल टेलिकमले २४ वटा मात्र सोलर सेट जडान गरेर गुणस्तर हिन सेवा प्रवाह गरिरहेको छ । मानव जीवन शैलीसंग जोडिएको सुचना सञ्चार जस्तो महत्वपुर्ण क्षेत्रमा सेवा प्रवाह गरिरहेको निकाय र राज्यले ध्यान दिनु पर्ने बारेकोटबासीको पुरानै माग हो ।
स्काई फोन टावरमा आबश्यक पर्ने ब्याकप नहुदा वेलुका गएको टावरको पर्खाईमा बारेकोटबासीले झण्डै १४ घण्टाको समय कुर्नु पर्छ लिम्साकै समाजसेवी विष्णु पुनको भनाई रहेको छ । बेलुका गएको टावर कहिले काँहीत विहान ११ बजेसम्म फोन टावर आएको हुदैन पुनले भने–“यति लामो समय सम्म सञ्चार सम्पर्क विहिन हुदा यो समयमा ठुला–ठुला दुर्घना भए पनि सहन हामी बाध्य भएका छौं ।”




सम्बन्धित समाचार


error: Content is protected !!