माअाेवादी एकता अाजकाे अावश्यक्ता!

कमरेड प्रचण्ड नेतृत्वमा अाए पछि उहाले क्रान्ति का लागि क्रान्तिकारी पार्टी निर्माण मा जाेड दिदै माअाेवाद-बिचार लाई पथ प्रदर्शक शिद्धान्त मान्ने समुहलाई एकै ठाउमा जुट्न अपिल गर्नु भाे।२०४७ देखि अाैपचारिक रुपले एकीकरण सुरु भाे।संस्थागत ,समुहगत र ब्यक्तिगत रुपमा बिद्राेह गरि एकता प्रकृया अगाडि बढ्याे।केही बाहेक खास गरि मजदुर कसान संगठन (हालकाे ने म कि पा बाहेक)सबै समूह एकीकरण भए।
एकता केन्द्र नाम रहेकाे पार्टिले २०४८ मा एकता महाधिवेशन चितवनको माडिमा १५ दिन लगाएर सम्पन्न गरि कार्यदिशा पास गर्याे।साेहि महाधिवेशन मा बिचारमा” माअाे बिचार “र कार्यदिशा मा”शहरिया जनबिद्राेह”हुनु पर्ने लामा लाईन पछि हट्याे।२०५१ मा दिर्घकालिन जनयुद्ध भुमिगत हुन नमान्नेहरु अलग भए पछि पार्टीको नाम माअाेवादी रहन गयाे साेहि पार्टी ले पारित कार्यदिशा लाई कृयान्वयन गर्न जनयुद्धको थालनि गर्याे।चरणबद्ध सफला हासिल गर्दै अगाडि बढेकाे जनयुद्ध ले ठुल्ठुला चुनाैति र सम्भावना खडा गर्याे।”बिचार काे प्रयाेग गर्दा बिकाश हुन्छ “मान्यता लाई पुष्टि गर्दै नेपाल सन्दर्भमा क्रान्ति भिन्न ढंगले अगाडि बढ्ने संकेत नेतृत्व ले पायाे।कुनबेला कसरी हिड्ने भन्ने कार्यनिति मा लचक र द्वन्दवाद काे नियम बुझेकाे सहि नेतृत्व हुनुले model मा क्रान्ति खाेज्नेहरु लाई
“क्रान्ति अावश्यक्ता मा बिज्ञान काे सहि प्रयाेग बाट सम्भव हुने”जवाफ दियाे।र,तत्काल जाना सकिने ठाउँ लाेकतान्त्रिक गणतन्त्र मा देख्याे र साेहि अनुसार अगाडि बढ्याे जाे अाज देशमा कृयान्वयनकाे चरणमा छ।
यहि बिचमा बिचार काे बुझाई र प्रयाेगमा केही अन्तर देखा पर्छन र माअावादी बिभाजन हुन्छ।जाे अाज अाधा दर्जन टुक्रामा छ।ठिक यहिनेर जनयुद्ध लाई दमन द्वारा समाप्त पार्न नसकेका माअाेवादी एजेन्डा बाध्यात्मक परिस्थितिमा स्विकार गरेका तत्कालीन सत्ताका पहरेदारहरुले टाउकाे उठाए।जनयुद्ध कालमा समाप्त पार्न नसकेकाे माअाेवादी पार्टी र नेतृत्व लाई शान्ति प्रकृयामा कति सजिलै सिध्याउन बेर लागेन।तै पनि मुख्य नेतृत्व क प्रचण्डले विवेकपुर्ण ढंगले पार्टी, अान्दाेलन र उपलब्धि काे रक्षा गर्दै अाजकाे स्थितिमा पुर्याउनु भयाे।संविधान निर्माण र कृयान्वयनमा समेत देखा परेका चुनाैति का पहाड लाई छिचाेल्दै यहासम्म फुटेर बचेकाे एउटा समुहले ल्यायाे।
यदि माअाेवादी एकीकृत नै रहेकाे भए नयाँ संविधान मा उत्पिडित बर्ग समुदायका धेरै अधिकार र मुद्दा समाबेश हुने थिए।विडम्बना !पार्टी फुटकाे फाईदा हिजाे जसका बिरुद्ध लडियाे उनै लाई भयाे।”जनयुद्धको जगमा जनबिद्राेह”भन्दै अलग्गै त्रिपाल हालि बसेका साथिहरु अलमल परे जसकाे कारण २०७० चुनाव मा माअाेवादी तेस्राे स्थानमा झर्याे।अाफ्नै बलिदानिपुर्ण संघर्षका परिणाम प्राप्त उपलब्धि लाई बहिष्कार गर्दा का परिणाम थियाे त्याे।
अहिले भरखरै पनि स्थानिय तहकाे चुनाव भएकाेछ केही बाकिछन।हाल काे परिणाम हेर्दा माअाेवादी बिभक्त मत काे कारण झण्डै ६० सपट गुम्न पुगे।डा बाबुराम संग अाफुले जित्नेमत नभए पनि माअाेवादि हराउने मत गाेरखा मा धेरै थियाे।त्यस्तै क किरण संग बाडिएकाे मत,क विप्लव संगकाे मत उहाकाे समुहले अाैपचारिक रुपले भाग नलिए पनि कलात्मक ढंगले उपयाेग गर्ने नीति अन्गत केही ठाउँ उठे पनि।र केही ठाउमा नजिकका मित्र शक्ति भनेर पनि मतदान गरियाे।अाखिर चुनाव नै लड्ने भए त एकै भएर लडेकाे अाज याे अवस्था अाउने थिएन!
फेरि पनि याे चुनावले मुख्य रुपले ३ कुराकाे प्रष्ट संकेत गर्याे,
१)माअाेवादी काे मुल धारा माअाेवादी केन्द्र नै हाे।
फुटृकै माअाेवादी केन्द्र मत झण्डै १५ लाख पुगेकाे 
छ २ नं प्रदेश र चितवन बाकि छ।त्यसकारण याे
मुलधारा हाे अरु हाृईनन् भन्ने संकेत गरेकाेछ।
२)उपलब्धि काे रक्षा प्रयाेग र थप उपलब्धि काे लागि 
सम्पुर्ण माअावादी एक ठाउँ जुट्नै पर्ने।
३)केही महत्वाकांक्षी नेताहरु जसले अाफुलाई धुरुन्धर विद्वान र अाफु बाहेक काेहि छैन भन्ने शाृचाई यतपसम्म कि अाफुलाई माेदि र केजरिवाल बन्न सक्ने दावि गर्दै अलग्गिए केही हाेईनन् भन्ने पुष्टि गर्याे।माअावादी पार्टि ले याे साईज दिएकाे हाे भन्ने शिद्ध भएकाेछ।
यहि अावश्यक्ता र महत्व बाेध गरि साथिहरु पुन एकता मा सामेल हुन सुरु गरिसक्नु भएकाेछ।यदि परिवर्तन प्रति ईमान्दार छाैं र विज्ञान प्रति पुर्वाग्रहि छैनाैं भने सम्पुर्ण माअावादी क्रान्तिकारी एक जुट हुनै पर्छ अवकाे पार्टी काम गर्नेकाे हुनेछ कुरा सिक्ने काे हाेईन।

लेखक कालीवहादुर मल्ल , नेकपा नेकपा माओवादी केन्द्रका नेता हुँन् ।





error: Content is protected !!