
डोल्पा, एक सातादेखि सीडीएमए मोबाइल सेवा अवरुद्ध भएको डोल्पामा बिहीबारबाट जीएसएम प्रविधिको मोबाइल सेवा पनि अवरुद्ध भएको छ । मोबाइल सेवा बन्द भएपछि स्थानीयलाई दैनिक कामकाजमा समस्या भएको छ । टेलिकमका अनुसार कालिकोटको भर्ता लेकमा रहेको माइक्रोवेभ लिंकको टावरमा समस्या आएपछि मोबाइल सेवा अवरुद्ध भएको हो । टावर मर्मतको काम भइरहेको टेलिकम डोल्पाका नवराज भट्टराईले बताए ।










