मन्मै र कार्यखेतको विवादले वडा कार्यालयमा ताला

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका वडा ८ को वडा कार्यालय कहाँ राख्ने भन्ने विवादले अहिले मन्मैमा रहेको वडा कार्यालयमा तालावन्दी गरिएको छ । मन्मै वडा कार्यालय राख्ने भन्ने एक पक्ष र कार्यखेत राख्ने भन्ने अर्को पक्ष विच विवाद चुलिएको छ । वडा अध्यक्ष गोविन्द शाही ले जसरी पनि कार्यखेतमा कार्यालय स्थापना गर्न लागिपरेको एक थरिको आरोप छ भने अर्को थरि साविवको मन्मैमा जग्गा र भवन छदाछदै अर्को ठाउँमा लिने कार्यको विरोधमा छन् । हिजो वडा कार्यालयको सामग्री लिन आएका वडा अध्यक्षलाई स्थानीय महिलाको अवरोधका कारण सफल नभएको स्थानीय नेत्र विसीले जानकारी दिए । मन्मै केन्द्र नभएर कार्यखेत भएमा वडा कार्यालय व्यवस्थापनको थप खर्च हुँने छ भने मन्मै भएमा खर्च कम हुँने देखिन्छ । विच भागको रुपमा हेँने हो भने जिकुवा , ताँसे पर्ने स्थानीयको भनाई छ ।










