मिडियामा चर्चा कमाउन गृहमन्त्री शर्माले देखाए यस्तो ‘क्रियाकलाप’

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सिंहदबारमा फेरि बुधबार अर्को अनौठो ‘क्रियाकलाप’ देखाएका छन् ।
मुलुकलाई दीघकालीन सहयोग मिल्ने तथा गाउँका जनताले राहत पाउने गरेर शान्तिसुरक्षामा काम गर्नुको साटो सिंहदरबारभित्र पैदल हिँडेर हल्काफुल्का चर्चा कमाउने उपाय अपनाएका छन् ।
संसद भवन नयाँबानेश्वरबाट सिंहदरबारस्थित गृह मन्त्रालय आउने क्रममा बाटोमा जाममा परेपछि गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर पैदल हिँडेका थिए ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर मन्त्रालय जानु कत्तिसम्म जायज छ त्योसको लेखाजोखा होला ।
तर, उनले राजधानीको ट्राफिक जामको समस्या हटाउन पहल गर्नुको साटो मिडियामा चर्चा कमाउन गाडीबाट ओर्लिएर मिडियाबाजी गरेको भने लाग्न थालेको छ ।
पैदल हिँडेर गृहमन्त्रालयतर्फ जाँदै गरेका गृहमन्त्री शर्मालाई देख्ने एकजनाले भने, ‘गृहमन्त्री हिँडेर मन्त्रालय जानु थियो भने गाडी नै किन चढ्ने रु दुई समय मिटरको बाटोमा हिँडेको देखाएर के गर्न खोजेको होला रु यो त मिडियामा चर्चा कमाउने तरिका हो । गृहमन्त्रीज्यू राम्रो अभिनेता हुनुहुँदो रहेछ ।’
गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर हिँडेको केही समयभित्रै जाममा फसेको उनको गाडी आइपुगेको थियो । मुस्किलले ५० मिटर हिँडेका गृहमन्त्री शर्मा फेरि गाडी चडेर गृहमन्त्रालयतिर गएका थिए ।
नेपाल प्रहरीका एआईजी, डिआईजी, एसएसपी, एसपी लगायतका पदमा बढुवा विवादमा परेका गृहमन्त्री शर्माले आफ्नै सहपाठीलाई सुरक्षा सल्लाहकार नियुक्त गरेर अर्को आलोचना खेप्दै आएका छन् ।










