पर्यटन विकास गर्न जनप्रतिनिधिहरु एक जुट

सुर्खेत । यहाँका पर्यटकीयस्थलमा चिनाउन संरक्षण, सम्वद्धर्नका लागि जनप्रतिनिधिहरुले आ–आफ्ना ठाउँमा गुरुयोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ सुर्खेतको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा भएको स्थानीय सरकार पर्यटन नीति र कार्यक्रम विषय अन्तरक्रियामा सहभागि जनप्रतिनिधिहरुले सुर्खेत जिल्लालाई पर्यटकीय स्थलको रुपमा चिनाउने प्रतिवद्धता गरेका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले सुर्खेत जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि पर्यटकीय एवं धार्मिक स्थल कांक्रेविहारलाई आफ्नै पहिचानका साथ विकास गर्नका लागि विशेष पहल गरिने बताएका छन् । उहाँले पर्यटन क्षेत्रलाई खोजी खोजी संरक्षण गर्नुका साथै विकास गर्ने तर्फ लाग्ने बताउनुभयो । प्रदेश नम्बर ६ को छैठौ राजधानीका रुपले हेरिने सुर्खेतलाई पर्यटकीय क्षेत्रमा कार्यक्रमको नीति ल्याइसकिएको नगरप्रमुख सुवेदीले जनाए । यस्तै गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले गुर्भाकोट नगरपालिकामा रहेको खटाङ क्षेत्रलाई विकास र विस्तार गर्नका लागि ३० लाख बजेट छुट्याइएको बताउनुभयो ।
पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तदेवि रेग्मीले पश्चिममा रहेको पञ्चपुरी नगरपालिका धार्मिक र पर्यटकीय क्षेत्रका हिसाबले धनी रहेको बताउँदै भेरी र कर्णालीको दोभानमा मन्दीर निर्माणका लागि ५ लाख र दहतालको संरक्षण र विकासका लागि १० लाख बजेट छुट्याइएको बताउनुभयो ।

यस्तै बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले बराहताल संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिएकी छन् । उहाँले बराह गाउँपालिकामा होमस्टे सञ्चालनका लागि आवश्यक तालिमको आयोजना र महोत्सव सञ्चालन गरिने नीति र कार्यक्रम रहेको बताउनुभयो । यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले चौकुनेमा पर्यटकीय विकासका लागि प्रयाप्त बजेट विनियोजन गरिएको र पहिचान भन्दा बाहिर रहेको पर्यटकीय स्थलहरुको खोजी गर्नका लागि कार्यक्रम रहेको बताउनुभयो ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्माले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहहरु पर्यटन पत्रकार संघ सँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 





error: Content is protected !!