मृतक शाहीको श्रीमतीलाई सहयोग

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा तलिआगर ढाडाखोलामा ५१ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा फेला छन् ।
सोमबार विहान घरबाट कामका लागि निस्केका बुढा दिउँसो उक्त खोलाको किनारामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय रामीडाँडा जाजरकोटले जनाएको छ । सोमबार भारि वर्षात भएको र खोलाको पानीको बहाव उच्च भएकोले खोला तर्दै गर्दा बगेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतक शाहीको श्रीमतीलाई सहयोग

मंगलवार जाजरकोट सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि ताप्लेजुङ्गमा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका गणेसवहादुर शाहीको श्रीमतीलाई रकम हस्तान्तरण गरिएको छ । कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियान जिल्ला समिति जाजरकोटले रु ३ लाख ७२ हजार रकम शाहीको श्रीमती पवित्रा शाहीलाई हस्तानतरण गरिएको छ । शाही ताप्लेजुङ्गमा वन रक्षँकमा कार्यरत रहदा हत्य भएको थियो । शाहीका वालवालिका को लालनपालनका लागि सो रकम हस्तान्तरण गरिएको हो ।










