उपल्लो डोल्पामा बाढीको आतंक ः दर्जन काठेपुल सहित एक झोलङ्गे पुल बगायो

दुनै(डोल्पा)
बर्षायामको सुरुभए सँगै उपल्लो डोल्पाका विभिन्न स्थानहरुमा आएको बाढीले उपल्लो डोल्पालीको जनजीवन प्रभावित भएको छ ।
बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानहरुलाई जोड्ने काठेपुल र झोलङ्गे पुल बगाएपछि आवतजाव गर्न समस्या उत्पन्न भएको स्थानीयबासीहरुले बताएकाछन् ।
ठुलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थानहरुलाई छुँदै आउने भेरी नदीमा बिगतका बर्षहरु भन्दा यस बर्ष पानीको बहाव उच्च भएपछि ठाँउ–ठाँउमा क्षती पु¥याएको स्थानीय ओम गुरुङले बताउनुभयो ।
साउन महिना लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जन धेरै काठेपुल सहित एक झोलङ्गे पुलमा बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ्ले बताउनुभयो ।
बढीको उच्च बहावले छार्काताङसोङ् गाँउपालिका अन्तर्गत मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलङ्गे पुल समेत बगाएको गुरुङ्गले बताउनुभयो ।
भारी बर्षात सँगै ठुलोभेरी नदीमा आएको बाढीले फलामे पुल समेत बगाएको उहाँको भनाई छ ।
विभिन्न स्थानमा लगाईएको काठेपुल तथा झोलङ्गे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ्,डोल्पो बुद्ध लगाएतका गाँउपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा आवत जावत गर्न समस्या उत्पन्नहुनुको साथै यार्सागुम्बा व्यापारको लागि छिमेकी देश चिनको तिब्बत जाने ब्यापारीरुलाई समेत समस्या भएको उहाँको बताउनुभयो ।
बर्षौ देखि सञ्चार विहिनुहुँदै आएको उपल्लो डोल्पाकालागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गर्ने समय यतिखेर भएकाले बाढीले पुलहरु भत्काएपछि याकहरु सहित नेपाल चिन सिमाना मोरिम्ला र क्याटु नाका जान समेत समस्या उत्पन्न भएको उपल्लो डोल्पाका स्थानीयहरुले बताए ।
उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिलाहुनुको साथै ढुवानी रकम समेत महंगो पर्ने भएकाले हरेक बर्ष काठमान्डौ बाट केरुङ तथा क्याटु नाकाबाट ढुवानीहुने गरेको जिल्ला खाद्य प्रमुख हरी प्रसाद जोशीले जानकारी दिनुभयो ।
चिनको क्याटु तथा केरुङ नाकाबाट खाद्यान्न लैजनाको लागि चिन सँग रोड अनुमति मागेपनि नआएको खाद्य प्रमुख जोशीले बताएउनुभयो ।
रोड परिमिड आउने बित्तिकै उपल्लो डोल्पालीका लागि खाद्यान्न लिएर मोरिम्ला र क्याटु नाका पुग्ने जोशीको भनाई छ ।
गत आवमा उपल्लो डोल्पाका लागि चार हजार पाँच सय क्विन्टल खाद्यान्न स्विकृत भएको थियो ।
भेरीखवर संवादाता










