विमलेन्द्र निधीले जनार्दनको राजीनामा मागेपछि २४ घण्टा नवित्दै एसपीको सरुवा रद्द

काठमाण्डौ– गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा मंगलवार प्रहरी मुख्यालयले गरेको सरुवा पनि विवादरहित हुन सकेन् । प्रहरी मुख्यालयले एकैचोटी ७० जना एसपीहरुको सरुवा निकाल्यो । त्यसमध्ये एसपी मिरा चौधरीको सरुवा ५ नम्वरमा भएको थियो । नेपाल प्रहरीमा व्यवसायीक छवी भएकी चौधरीको सरुवा एक दिन नवित्दै पुनः संसोधन भयो । सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप हुन नदिने सार्वजनिक वक्तव्यवाजी गरेका गृहमन्त्री शर्मा फेरी एक पटक एसपी सरुवामा चुकेका छन् । चौधरीको सरुवा २४ घण्टा नवित्दै रद्द भएपछि सामाजिक संजालमा समेत उनको निर्णयको चर्को विरोध भएको छ ।
प्रहरी मुख्यालयले मंगलवार गरेको सरुवा सुचीमा धेरै पटक इन्चार्ज वसेकालाई इन्चार्ज पठाउने काम भएको छ । त्यति मात्र होईन कतिपयलाई एक वर्ष नपुग्दै उनले तानेर अर्को ठाउमा समेत सरुवा गरेका छन् । एसपी चौधरीलाई धनुषाको इन्चार्ज बनाएपछि कांग्रेस नेता विमलेन्द्र निधीले सरकारमाथी ठुलो दवाव बढाए । हाल धनुषामा रहेका एसपी लालमणि आर्चायलाई नै राख्न धनुषाका सांसद समेत रहेका पुर्व गृहमन्त्री निधीले उक्त विषयलाई प्रतिष्ठाको विषय बनाए ।
धनुषामा एसपी रहेका आर्चायलाई निधीले आफु गृहमन्त्री हुदा धनुषाको प्रमुख बनाएका थिए । त्यतिवेला निधिले आफू गृहमन्त्री पदमा हुदा तत्कालीन एसपी रामदत्त जोशीलाई फिर्ता बोलाएर आफू निकटका लालमणि आचार्यलाई धनुषाको प्रमुखमा सरुवा गरेका थिए । आचार्यलाई गृहमन्त्री शर्माले प्रहरी मुख्यालयको आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरेपछि त्यसमा निधीले आपत्ती जनाएपछि निर्णय २४ घण्टाभित्र संसोधन गर्न गृहमन्त्री बाध्य भए ।
एसपी आर्चायको सरुवा भएपछि उनले माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनलाई टेलिफोन गरेर आपत्ति जनाएका थिए । त्यतिमात्र होइन उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखी आफ्नै पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत टेलिफोन गरेर गृहमन्त्रीले ज्यादती गरेको भन्दै निर्णय फिर्ता नलिए गृहमन्त्री शर्माको राजिनामा माग्ने चेतावनी दिएका थिए । निधीले माओवादी अध्यक्ष प्रचण्डलाई आफु गृहमन्त्री हुदा माओवादीसंग सल्लाह गरेर काम गरेको तर,अहिले आफनै जिल्लामा एसपी पठाउदा आफुलाई एक शव्द नसोधेको भन्दै उनले आपत्ति जनाएका थिए । निधीको दवावपछि गृहमन्त्री शर्मालाई उनको सरुवा रोक्न चर्को दवाव पर्यो ।
प्रहरी मुख्यालयले सरुवा सुची आफनै आधिकारीक वेभसाइटमा समेत प्रकाशित गरिसेकेको अवस्थामा निर्णय संसोधन भएपछि प्रहरी मुख्यालयमा चर्को असन्तुष्टि छाएको छ । निधीको दवावपछि प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका डीएसपी रेवती ढकालले टेलिफोनमार्फत एसपी आर्चायलाई फोन गरेर सरुवा रोकिएको भन्दै त्यही वस्न आग्रह गरेको आर्चाय निकट स्रोतले काठमाण्डौपाटीलाई भन्यो ।
एसपी चौधरीको सरुवा भएको २४ घण्टा नवित्दै प्रहरी मुख्यालयले सरुवा संशोधन गर्नुको पछाडी अन्तिममा भने प्रधानमन्त्री शेरबहादुर देउवाको दबावले काम गरेको प्रहरी मुख्यालय स्रोतले दावी गर्यो । प्रहरी मुख्यालयले मंगलबार प्रकाशन गरेको सरुवा सुचीमा दुई महिला एसपीलाई चुनौतीपूर्ण जिल्लामा सरुवा गरेको थियो । मुख्यालयले दाङको प्रहरी प्रमुखमा दुर्गा सिंह चन्द र अति संवेदनशील जिल्ला मानिने धनुषाको प्रहरी प्रमुखमा मीरा चौधरीको सरुवा गरेको थियो ।
अन्य जिल्लाको सरुवामा चित्त बुझाए पनि धनुषामा अत्यन्तै कडा स्वभावकी मीरा चौधरीलाई पठाइएपछि उनको सरुवा संशोधन गरेर हाल कार्यरत एसपी लालमणि आचार्यलाई नै निरन्तरता दिन र मीरा चौधरीलाई सकेसम्म सीआईबीमा राख्न र जिल्ला नै दिनुपर्ने भए बर्दियाको प्रहरी प्रमुखमा पठाउन प्रधानमन्त्री देउवाले गृहमन्त्री शर्मालाई दबाव दिएको उच्च स्रोतको दाबी छ ।
काठमाण्डौँपाटी ।










