डोल्पा एमालेले जिल्ला समन्वयमा उप–संयोजको नाम टुङ्ग्यायो, संयोजकको चिट्ठा पार्न नेताहरु बिच बिवाद चुलिएपछि तिन जनाको नाम प्रदेशमा शिफारिष् !

दुनै(डोल्पा) ,श्रावण २० गते हुन गईरहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमालेबाट व्यापक छलफल पछि संयोजक तथा उप–संयोजकका उम्मेद्वारको नाम टुङग्याईएको छ ।
एमाले तिन दिनको व्यापक छलफलपछि मात्र जिल्ला समन्वय समितीको उप–संयोजकको नाम टुङ्ग्याएको र संयोजकामा भने चर्को बिवाद चर्कीएपछि तिन जनाको नाम प्रदेश कमिटीमा शिफारिष गरिएको एमाले जिल्ला कमिटीका प्रचार विभाग प्रमुख बबी किशोर गुरुङ्गले जानकारी दिनुभयो ।
लामो छलफलपछि उप–संयोजकमा एकल रुपमा सर्वसहमत नरबहादुर बुढाको नाम टुङ्ग्याएको हो ।
पहिलो नंबरमा नाम शिफारिषहुनेमा शेरबहादुर बुढा,त्यसैगरि दोस्रो नंबरमा तुलाचन्द्र बुढा र तेस्रो नंबरमा छक्क धरलाको नाम शिफारिष गरिएको प्रचार विभाग प्रमुख गुरुङ्गले जानकारी दिनुभयो ।
संयोजकमा नाम शिफारिष भएका उम्मेद्वार मध्ये बुढा जिल्ला कमिटी सदस्य हुन्,त्यस्तै तुलाचन्द्र बुढा जिल्ला कमिटी उपाध्यक्ष तथा धरला जिल्ला कमिटी पुर्व सचिव समेत हुन् ।
संयोजकहुन पाउनुपर्ने भन्दै बिवाद चर्र्केपछि तिननै जनाको नाम छनोटकालागि प्रदेश कमिटीमा शिफारिष गरिएको हो ।आफु संयोजकहुन पाउनुपर्ने भन्दै तिनै जना उम्मेद्वारको आ– आफ्नै अडान छ ।
पहिलो नंबरमा नाम शिफारिष गरिएका बुढा सांसद धनहादुर बुढाको निकटम ब्यक्ति भएकाले संयोजकमा उनको सम्भावना धेरै देखिन्छ,त्यस्तै दोस्रो नंबरमा नाम शिफारिष भएका बुढा पुराना कार्यकर्ता भएकाले आफु संयोजक हुनु पाउनुपर्ने दाबी छ भने तेस्रो नंबरमा नाम शिफारिष भएका धरला भने युवा नेतामा पर्दछन् ।
यस अघि स्थानीय चुनाव अगाडी नेपाली काङ्ग्रेस पार्टीप्रती रुष्टहुँदै पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका राम प्रसाद महतलाई जिल्ला समन्वयको उप–संयोजकमा ल्याउने प्रतिबद्धताका साथ नाम चर्चामा ल्याईएपनि उनी संयोजक तथा उप–संयोजक दुईवटै पदमा छनोटमा पर्न सकेनन् ।
डोल्पाका आठवटै स्थानीय तहहरुमा एमालेको प्रस्टै वहुमत भएकाले जिल्ला समन्वयमा एमालेका उम्मेद्धारहरु निर्विकल्प छनोटहुनेछन् ।
रामचन्द्र न्यौपाने










