जुनीचाँदे गाउँपालिकाको बजेट २८ करोड ३५ लाख ३१ हजार सडक, झोलुङ्गे पुल, सिंचाई, शिक्षा, स्वास्थ्य, कृषि, वन तथा वातावरण, प्रर्यटनलाई विशेष प्राथमिक्ता

जाजरकोट – जुनीचाँदे गाउँपालिकाको प्रथम गाउँ सभाले सडक, झोलुङ्गे पुल, सिंचाई, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, कृषि, वन तथा वातावरण, प्रर्यटन, लैङ्गिक समता तथा समावेशिकरण, सुशासन, नागरिक सचेतना केन्द्रको घुम्ती कोष, सामाजिक सुरक्षा, विपद ब्यबस्थापन जस्ता विषयहरुलाई प्राथमिकिकरण गर्दै २८ करोड, ३५ लाख ३१ हजारको बजेट प्रस्तावित गरेको छ ।

दुई दिन सम्म चलेको गाउँ सभाले विषयगत क्षेत्रलाई समेट्दै भौतिक पुर्वाभार, शिक्षा र स्वास्थ्यमा जोड दिएको छ । नेपाल सरकारबाट जुनीचाँदे गाउँपालिकाका लागि प्राप्त २८ करोड २४ लाख ३१ हजार मध्यवाट बित्तिय समानिकरणमा २० करोड ५३ लाख ४० हजार र श(शर्त कार्यक्रम अन्तरगत ७ करोड ३० लाख ९१ हजार रुपैयाँ रहेको कार्यकारी अधिकृत बखतबहादुर खड्काले जानकारी दिए । आर्थिक वर्ष २०७४र०७५ मा गाउँपालिकाको आन्तरिक आम्दानी ५ लाख, २ लाख राज्वश्व बाँडफाँड र ४ लाख रुपैयाँ आव २०७३र०७४ को जिम्मेवारी सरेको अधिकृत खड्काले जानकारी दिए । बित्तिय समानिकरण तर्फको बजेटवाट गाउँपालिकाले आफु अनुकुलका योजनाहरु छनौट गर्न पाउने प्रावधान रहेको छ भने, श–शर्त कार्यक्रम अन्तरगतको बजेट भने शिक्षा र स्वास्थ्य क्षेत्रमा तोकिएर आएको बजेट भएको अधिकृत खड्काले जानकारी दिए ।

त्यसैगरी अधिकृत खड्काले दिएको जानकारी अनुसार सम्पन्न गाउँ सभाले चालु खर्च तर्फ ५ करोड, ९० लाख ४० हजारबाट कर्मचारी तलब भत्ता, कार्यालय सञ्चालन र सामाजिक सुरक्षा भत्ता पनि यसै बजेटबाट वितरण गरिने भएको छ । समपुरक कोष तर्फ १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा झोलुङ्गे पुल, खानेपानी आयोजना र लघु जलविद्युत आयोजनाहरुमा साझेदारी बजेट विनियोजन गरिने भएको छ भने, विशेष गरि दातृ निकायवाट हुने लगानी प्रवद्र्धन गर्न समपुरक कोषले मुख्य भुमिका खेल्ने सम्पन्न गाउँ सभाले अपेक्षा राखेको छ ।

सम्पन्न गाउँ सभाबाट पूँजीगत तर्फको कुल बजेटको ५५ प्रतिशत पूर्वाधार विकासमा विनियोजन गरिएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए । उनले विशेष गरि तीन वटा मोटरवाटोमा ५०–५० लाखको दरले बजेट बिनियोजन गरिएको बताए । ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएका मोटरबाटोहरुमा लामातरा–गर्खाकोट–बुद्धीडाँडा जोड्ने मोटरबाटो, नरमता–लुहादह–मावि कोर्ताङ–जुनी हुदै जुम्ला जोड्ने मोटरबाटो र पाथीहाल्ना–दहँ पंचाला जोड्ने मोटरबाटो रहेको अध्यक्ष केसीले बताए । त्यसैगरि गाउँपालिकाको भवन निर्माणका लागि यस वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष केसीले जानकारी दिए । भौतिक पूर्वाधार विकासका क्षेत्रमा कुल ८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष केसीको भनाई रहेको छ ।

त्यसैगरी पूँजीगत तर्फको बाँकी ४५ प्रतिशत बजेटलाई सय प्रतिशत मानेर ४५ प्रतिशतले हुन आउने ३ करोड ३ लाख ७५ हजार सामाजिक बिकासका क्षेत्रमा, २० प्रतिशतले हुन आउने १ करोड ३५ लाख आर्थिक विकास क्षेत्रमा, १५ प्रतिशतले हुन आउने १ करोड १ लाख २५ हजार रुपैयाँ वातावरण तथा विपद व्यवस्थापनका क्षेत्रमा, १० प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपैया, संस्थागत विकास तथा सेवा प्रवाहका क्षेत्रमा र १० प्रतिशतले हुन आउने ६७ लाख ५० हजार रुपैयाँ वित्तिय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा विनियोजन गरिएको जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आर्चाले जानकारी दिईन ।

त्यसैगरी सामाजिक विकासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैङ्गिक समता तथा समावेशीकरणका कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष आचार्यको भनाई रहेको छ । आर्थिक विकास क्षेत्रमा कृषि, सहकारी, उद्योग बाणिज्य र पर्यटनका कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष आचार्यले वताईन् । वातावरण तथा विपद व्यवस्थापनका क्षेत्रमा बन विकास, बाडीपैरो रोकथाम, विपद प्रतिकार्यका योजनाहरु सञ्चालन गरिने उनको भनाई रहेको छ ।

संस्थागत विकास तथा सेवा प्रवाहका क्षेत्रमा वडा कार्यालयहरुको ब्यबस्थापन, सवारी साधन खरिद तथा ईन्धन ब्यबस्थापन गरिने कार्यकारी अधिकृत बखत बहादुर खड्काको भनाई रहेको छ । वित्तिय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा गाउँपालिकाको राजस्व प्रणालीमा सुधार, लेखा परिक्षण, बेरुजो फर्सौट गरिने कार्यकारी अधिकृत खड्काले जानकारी दिए ।

गाउँ पालीका भित्र रहेका ८ वटा नागरिक सचेतना केन्द्रको घुम्ती कोष सञ्चालन गर्नका लागि ५० हजारका दरले सहयोग गर्ने गाउँ सभाबाट पास भएको उपाध्यक्ष शिवा आचार्यले जानकारी दिईन् । त्यसैगरी नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाको भवन निर्माणको लागि अनुदान सहयो १ लाख रुपैयाँ, जूनीचाँदे गाउँपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको अध्ययन, पहिचान तथा लगत संकलनका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष आचार्यले जानकारी दिएकी छन् ।





error: Content is protected !!