डोल्पाका दुई स्थानीय तहमा ३८ करोड बराबरको बजेट प्रस्तुत, गाउँ–गाउँमा मोटरबाटो र साना जलबिद्युत पहिलो प्राथामिकतामा

दुनै(डोल्पा) १ श्रावण , डोल्पाका दुईवटा स्थानीय तहमा ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ । यहाँको ठुलीभेरी नगरपालिका र काईके गाँउपालिका गरेर ३८ करोड बराबरको बजेट प्रस्तुत गरिएको हो ।
शुक्रबार सदरमुकामा दुनैमा उद्घाटन गरेर शनिवार सम्पन्न भएको ठुलीभेरी नगरपालिकाको बजेट अधिबेशनबाट २३ करोड ७२ लाख ९० हजार बजेट प्रस्तुत गरिएको हो जसमा चालु खर्च ३ करोड ७५ लाख तथा पुँजीगत खर्च १९ करोड १७ लाख ९० हजार रहेको कार्यकारी अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो ।
त्यस्तै शुक्रबार देखिनै सुरु भएको काईके गाँउपालिकामा अधिवेशबाट साडे १४ करोड बराबरको बजेट प्रस्तुत गरिएको छ जसमा चालु खर्च तर्फ २ करोड ५० लाख ,पुँजीगत खर्चतर्फ ९ करोड २२ लाख ५८ हजार तथा अनुदान रकम २ करोड ७३ लाख ७२ हजार गरेर जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ को बजेट प्रस्तुत गरिएको अधिकृत कमलराज उपाध्यायले जानकारी दिनुभयो ।
दुईवटै स्थानीय तहका बजेटको पहिलो प्राथामिकतामा गाँउ–गाँउमा मोटरबाटो निर्माणका साथै त्यसपछिको साना जलबिद्युत आयोजना लाई राखिएको छ ।
बाँकी बजेट विभिन्न वडाहरुको मागअनुसारका क्षेत्रमा विनियोजन गरिएको जनप्रतिनिधिहरुले बताए ।
ठुलीभेरी नगरपालिकाको हावापानी अनुसार कृषिजन्य उत्पादन अन्तर्गत फलफुल खेती,व्यबसायिक पशुपालन तथा घरेलु उद्योगधन्दा संञ्चालनमा सहयोग पुग्ने किसिमका योजनाहरु छनोट गरिएको ठेलीभेरी नगरपालिकाका उप–मेयर योगेन्द्र बहादुर शाहीले बताउनुभयो ।
यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रका जनताको गरिबी निवारणमा टेवापुग्ने उहाँको भनाई रहको छ ।
गाउँ–गाउँमा मोटरबाटो निर्माण,दुई दिनमा २० घण्टाहुने लोडसेडीङ अन्त्य गर्न साना जलबिद्युत ब्यबस्थापन,हवाई उडानलाई व्यबस्थित,संञ्चार सुविधा घरघरमा विस्तार लगाएतका २७ वटा नीति तथा कार्यक्रमहरु तय गरिएको उप–मेयर शाहीले जानकारी दिनुभयो ।
दुईवटै स्थानीय तहले शिक्षा,स्वास्थ्य,पर्यटन लगाएतका क्षेत्रलाई पनि उचित संबोधन गरिएको जनप्रतिनिधिहरुले बताएकाछन् ।
स्थानीय स्तरमै ठुलो रकममा बजेट विनियोजन गर्न पाउँदा दुईवटै स्थानीय तहका जनप्रतिनिधिहरु हर्षित भएकाछन् ।
स्थानीय समस्यालाई प्रत्यक्ष रुपमा पहिचाहान गरेर आवाश्यक्ता अनुसार विनियोजन गरिएको बजेटले पक्कैपनि गाउँ–गाउँमा बिकासका मुलहरु पmुट्ने जनप्रतिनिधिहरुले विश्वास व्यक्त गरे ।रामचन्द्र न्यौपाने










