आज साउने संक्रान्ति !कर्णालीबासीको घरका छत–छतमा आगो सल्काएर मनाईदै

दुनै(डोल्पा)१ श्रावण
आज श्रावण १ गते अर्थात साउने संक्रान्ति ।यसको अवसरमा कर्णाली तथा पश्चिमका केही जिल्लाहरुमा घरको छत छतमा लोईटो बालेर मनाउने गरिन्छ ।
पुरानो परम्परा अनुसार आज घरको छतमा आगो सल्काउने र यस बर्षभोरी लाग्ने रोगहरु तथा बिग्नबाधाहरु सबै हटुन भन्दै बल्दै गरेको अगुल्टो शरिर घुमाउ“दै फालिने गरिन्छ ।
एक गाउ“का मान्छेहरुले अर्को गाउ“का मान्छेहरुलाई गाली गर्दै राम्रा कुरा हामिलाई देउ नराम्रो लैजाउ भन्ने चलन पनि रहेको छ ।
संक्रान्तिको दिनमा ईष्ट मित्र सबै परिवारहरु भेला भएर मिठो मसिनो बा“डी चु“डी खाने परम्परा समेत रहेको छ ।
श्रावण महिनामा विहे ब्रतबन्ध गर्न नहुने जनविश्वास रहेपनि कर्णालीमा भने स्थानीय धामिहरुले तीर्थ ब्रतगर्ने समय यसै समय भएकाले सबै सर्वसाधारणहरु तीर्थयात्रा तिर जाने पनि गर्दछन् भने साउन पुर्णिमा ठुलो मेला समेत लाग्ने गर्दछ ।
बिशेष गरेर महिलाहरु हरीयो चुरा कपडा लगाउनाले राम्रो श्रीमान पाउने तथा भावी दिनमा सुख समृद्धीहुने विश्वास समेत रहीआएको छ ।रामचन्द्र न्यौपाने

 





error: Content is protected !!