एआईजी बढुवाका लागि ११ डीआईजीको नाम सिफारिस नामावलीसहित

काठमाण्डौँ । ११ जना डिआइजीहरुलाई नेपाल प्रहरीको एआइजीमा बढुवा सिफरिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले जारी गरेको विज्ञप्ती अनुसार बढुवा सिफारिसमा पर्नेहरुमा पहिलो नम्बरमा बमबहादुर भण्डारी रहेका छन् भने उनको दरबन्दी महानगरिय प्रहरी कार्यालय रानीपोखरी परेको छ ।

त्यस्तै, वढुवा सिफारिसमा पर्ने अन्य डिआइजीहरुमा जयबहादुर चन्द लागू ओषध नियन्त्रण व्यूरो काठमाडौं, देवेन्द्र सुबेदी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, पशुपति उपाध्याय प्रहरी प्रधान कार्यालय कार्य विभाग, केशरीराज घिमिरे प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, माधव प्रसाद जोशी प्रहरी प्रधान कार्यालय प्रबन्ध, विजयलाल कायस्थ क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, कमलसिंह बम अख्तियार दूरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल, मिङमार लामा महानगरिय ट्राफिक प्रहरी महाशाखा, रणबहादुर चन्द जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र विजयकुमार भट्ट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयमा रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, आइजिपीको दाबेदारी गर्दै सर्वोच्चसम्म पुगेका डिआइजी नवराज सिलवाल बढुवा सिफारिस समितिमा परेनन् ।





error: Content is protected !!