बर्षातले खेलमैदान भत्काउँदा पठनपाठनमा समस्या

दुनै(डोल्पा) यहाँको एक बिद्यालयमा अविरल रुपमा परेको बर्षातले खेलमैदान लगायतको संरचनामा क्षती पु¥याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ ।
एकसाता देखि अविरल रुपमा परिरहेको बर्षातले तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यामिक बिद्यालय अगाडीकोे सिडी,पर्खाल तथा खेलमैदान भत्काएपछि पठनपाठनमा समस्या उत्पन्न भएको प्रधानाध्यापक लंकमान रोकायले जानकारी दिनुभयो ।
बिद्यालयको बाहिरी संरचनामा क्षती पु¥याएकाले कक्षा कोठासम्म आवत जावत गर्न समस्याहुनुका साथै बिषयगत खेलकुदका विभिन्न कार्यक्रमहरु संञ्चालनगर्न समेत समस्या भएको प्रधानाध्यापक रोकायले बताउनुभयो ।
बर्षात जारी रहेकाले फेरीपनि कक्षा कोठानै भत्कीनेहोकी भन्ने डरले त्रासपुर्ण वातावरणमा पठनपाठन संञ्चालन गर्दै आएको उहाँको भनाई छ ।
उक्त बिद्यालयमा प्रावि र निमावि गरेर ३ सय ६ जना बिद्यार्थीले अध्ययन् गर्दै आएकाछन् ।रामचन्द्र न्यौपाने










