यो हो स्थानीय निकायको चुनावकै सबैभन्दा रोचक समाचार !

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ को वडा अध्यक्षमा माओवादी केन्द्र एक मतले विजयी भएको छ ।

 

माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार कृष्णकुमार मगर प्रतिद्वन्द्वी एमालेका इन्द्रबहादुर मगरलाई १ मतले पछि पार्दै विजयी भए । कृष्णकुमार मगरले ४ सय ९९ मत र पराजित इन्द्रबहादुरले ४ सय ९८ मत पाए । विजयी कृष्णकुमार ज्वाईं र इन्द्रबहादुर जेठान हुन् ।

 

श्रीमान र दाजु एकै पदमा उम्मेदवार भएपछि कृष्णकुमारकी श्रीमती तथा इन्द्रबहादुरकी बहिनीले भोट नहाल्नेसमेत कसैलाई भोट नदिने बताएकी थिइन् ।

 

तर, अन्तिम समयमा आएर उनले श्रीमानलाई भोट दिइन् । श्रीमतीकै भोट पाएर कृष्णकुमारले एक मतले जेठानलाई पराजित गरे ।





error: Content is protected !!