जनसरकारको बैधानिक स्वरुप स्थानीय तह हो ः पुर्व गृहमन्त्री वस्नेत

गुलरिया (बर्दिया) । नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सदस्य शक्तिः वहादुर वस्नेत तथा पुर्व गृह मन्त्री वस्नेतले स्थानीय तहलाई आफुहरुले जनयुद्ध कालमा अवैध रुपमा चलाएको जन सरकार र जनसतmाको बैधानिक रुप दिनको लागि स्थानीय तह को निर्वाचन गर्न लागेको बताएका छन्।
गुलरिया नगरपालीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई शनिवार तुलसीपुरको रामपुरतप्पुमा सम्बोधन गर्दे वस्नेतले नेपालकै ईतिहासमा पहिलोपटक आफुहरुले संविधान बमोजिम जनसरकारको चुनाव गर्न लागकोले यो निर्वाचनमा सकृय सहभागी भई माओवादी केन्द्रका उम्मेदवारहरुलाई बिजयी गराउन सबैमा अपिल गरे।
कार्यपालिका,व्यवस्थापिका र केही न्यायिक अधिकारको प्रयोग गर्ने सिंहदरबारको चुनाव स्थानीय तहमा गर्दछौ, यसले संविधानतः जनसरकारको स्थापना भएको महसुस गर्नुस र परिवर्तनलाई संस्थागत गर्नुस ः उहाको भनाई थियो । उनले परिवर्तनलाई संस्थागत गर्न र नागरिकको सम्पुर्ण विकासका लागि आफनो पार्टि सरकारमा हुंदा एउटा स्थानीय तहले २खर्ब ५० अर्ब रुपिया सम्म बजेट प्राप्त गर्ने ब्यवस्था समेत मिलाएको बताए ।
जनयुद्धका कालमा बर्दिया जिल्लाले गरेको त्याग,तपस्या र बलिदानीको निम्ती बर्दियाका नागरिकहरु प्रति आफनो हार्दिक अभिनन्दन ब्यक्त गर्दे वस्नेतले माओवादी केन्द्रका तर्फबाट गुलरिया नगरपालीकामा मेयरका उम्मेदवार बनेका गेहेन्द्र ढकाल र उपमेयरका उम्मेद्धार मोहन कुमारी फुयाल (मिथिला) लाई जिताउनु हुन अनुरोध गर्नु भयो ।
त्यसै गरी वारबर्दिया नगरपालिकको सम्वोधन गर्दै उहाँले मेयरको उम्मेद्धावार दुर्गा बहादुर थारु उपमेयरको उम्मेद्धावार अञ्जु दहितको नेतृत्वमा यंहाको जनसरकार( स्थानीय तह)ले बनाएको नीति,बजेट तथा कार्यक्रम बमोजिम केन्द्रबाट बढिभन्दा बढि बजेट ,अनुदान उपलब्ध गराउन पहल गर्ने छु भनेर वताउनु भयो ।
गुलरिया नगरपालीकामा गेहेन्द्र ढकाल र वारबर्दियामा नगरपालीकामा (दुर्गाबहादुर थारु) कविरले गुलरिया र वारबर्दिया नगारपालीकामा लगायत सवै नगरपालीका र गाँउपालीकामा हुने कार्याक्रम र यो नगरपालिकामा प्रस्तुत गर्ने नीति र कार्यक्रममा वस्नेतको पुरै सहयोग रहने प्रतिबद्धता छ । तपाईहरु ढुक्क भएर बिजय गराउनुस ः पुर्व गृहमन्त्री एंव माओवादी पोलीटव्युरो सदस्य वस्नेतले भने।
वस्नेतले भनेः उंहाँहरु होनहार युवा नेता भित्र गेहेन्द्र, र दुर्गा वहादुर थारु कविर पर्नुहुन्छ ।उंहाँहरुलाई जिताउनु भनेको हामीहरुलाई जिताउनु जस्तै हो। उंहाले बनाउने कार्यक्रममा पार्टीले केन्द्रबाट पुरै सहयोग गर्नेछ भन्नु भयो ,
त्यसै गरी आज नै गुलरियानगरपालीकाको वडानम्वर १२को भैसाही गाँउमा चुनावी सभा सम्पन्न गरेको छन ।
माओवादी केन्द्रको सभामा काँगेशवाट महुजीदी खाँको नेतृत्वमा ५० भन्दा वढि कार्यकर्ताले काँगेस पार्टि परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन।साकार्यक्रममा जनसास्ंकृतिक परिवारका कलाकारहरुले झांकी तथा नृत्य प्रस्तुत समेत प्रस्तुत गरेका थिए।
पत्रकार मेनका चौधरीको सहायोगमा ।







