त्रिपालमुनि डाक्टर बन्ने सपना !

चाँदनी केसी
सुर्खेत, । बिहानीको मिरमिरे उज्यालोसंगै रित्तो गाग्री र डोको बोकेर उनी खोलामा पानी लिन जान्छिन् । तीन खेप पानी बोकेर उनी फेरी विहान बेलुकाको छाक टार्न गिट्टी कुट्ने ढुङगा लिन खोलामा जान्छिन् । यसरी नै वित्ने गर्छ सुर्खेतको गिरीघाट शिविरमा बस्ने जानकी विकको दैनिकी । साथी भाईसंग खेल्ने रमाउने उमेरमा घरको विहान बेलुकाको छाक टार्न कलिलो हातले ढुङगाा र हतौडा समाउनेछिन् ।

न घाम न पानी, जानकीका लागि सबै मौसम एउटै हुने गर्छ । कलिलो मष्तिकमा उनलाई चिन्ता छ त मात्र पेट पाल्न । घरको सबै काम सके पछि जानकी नजिकै रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्न जान्छिन् ।
कक्षा पाँचमा पढ्ने जानकी विद्यालयबाट छुट्टी हुने वित्तिकै साझ घर फर्किएर फेरी उनको गिट्टी कुट्ने काम शुरु हुन्छ । एक कठ्ठाको सय रुपैयाँका लागि जानकी हातमा ठेला उठाई उठाई काम गर्छिन् । बुवा मिस्त्रीको काम गर्छन् आमाले सानो पसल गरेर बसेकी छिन् । बिहान बेलुकी गिट्टी कुट्नै ठिक्क हुन्छ पढ्ने समय त उनीसँग हुँदैन तर पनि उनीसंग एउटा ठुलो सपना छ । उनी भन्छिन, भविष्यमा डाक्टर बन्ने सपना देखेकी छु ।
‘मलाई धेरै पढेर डाक्टर बन्न मन छ, त्यहि सपना पुरा गर्न अहिले देखि नै मेहेनत गरेकी छु ।’ उनले थपिन्, ‘हुने खाने सम्पन्न परिवारमा जन्मिएको भए खोलामा गिट्टी कुट्नु पर्ने त थिएन होला, गरिवको कोखबाट जन्म लिए पछि दुख त गनैै पर्ने रैछ ।’ उनका बाबुआमाले र उनले कमाएको पैसाले बिहान बेलुकाको छाक टार्न धौ–धौ हुन्छ तर, पनि उनी जानकीको भबिष्यमा डाक्टर बन्ने सपना छ ।
सोही शिबिरमा बस्ने हरिमाया नेपालीको सपना पनि जानकीको जस्तै छ । ११ वर्षकी हरिमाया अहिले कक्षा चारमा पढ्छिन् । उनको दैनिकी पनि विहानको पानी बोक्दै र खोलामा गिट्टी कुट्दैमा बित्ने गर्छ । कापी कमल समाएर सुन्दर भविष्यको परिकल्पना गर्नु पर्ने यो उमेरमा हरिमाया विहान बेलुकाको छाक टार्न कलिला हातले ढुङगा फुटाल्ने गर्छिन् । हरिमायाले भविष्यमा धेरै पढेर डाक्टर बन्ने सपना बुनेकी छिन् । उनी भन्छिन्, ‘धेरै पढेर डाक्टर बनेर बुवाआमालाई ठुलो घरमा बसाल्ने हो ।’ च्यातिएका त्रिपाल देखाउदै उनले भनिन्, ‘सधै यो च्यातिएको त्रिपालमुनि बस्दा बस्दै मनै विरक्तीएर आउछ ।’ उनी भविष्यमा डाक्टर बन्ने सपना बुन्दै दिनरात मेहेनत गरिरहेकी छिन् ।
जानकी र हरिमाया जस्तै सोही शिबिरकी तुल्सी विकको पनि दैनिकी गिट्टी कुद्दैमा वित्छ । दुई कक्षामा पढ्ने तुल्सी भबिष्यमा के बन्ने हो भनेर सोध्दा डाक्टर बन्ने हो भन्दै उत्तर दिइन् । ७ वर्ष की तुल्सीलाई अहिले देखि नै घरको आर्थिक भार परेको छ । कलिलो हातले सकि नसकि ढुङगा फुटाल्छिन् । उनको मष्तिकमा एउटै मात्र कुरा खेलिरहेको छ त्यो भविष्यमा डाक्टर बन्ने र ठुलो घर बनाउने । उनी भन्छिन्, ‘म त धेरै पढेर डाक्टर बन्ने हो अनि ठुलो घर बनाउने हो ।’ समयले कोल्टे फेरेपछि पक्कै पनि आफ्नो जीबनमा खुसीको बहार छाउला भन्ने आशमा बसेका विद्यार्थीहरु यहाँ धेरै छन् जस्का आँखाले बोकेको छ सुन्दर भविष्य ।
जानकी, हरिमाया र तुल्सी त केवल प्रतिनिधि पात्र मात्र हुन् । वि.स. २०७१ साल साउनमा आएको बाढी पहिरोले घर जग्गा बगाएपछि सुर्खेतको रानीघाटबाट विस्थापित भएकाहरु गिरीघाटमा बसीरहेका १ सय १९ घरपरिवारको समस्या हो यो । शिविरमा बस्ने धेरै विस्थापित विद्यार्थीहरुले बिहान बेलुका ढुंगा बोक्दै गिट्टी कुटेर दैनिकी गुजारिरहेका छन् । ती बालबालिकाहरु जति नै कठिन दैनिकीसंगै सुन्दर भविष्यको परिकल्पना गर्दै बसिरहेका छन् ।

नारीअावाज अनलाइृनवाट साभार गरिएकाे ।




सम्बन्धित समाचार


error: Content is protected !!