माओवादीसंग संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य हुन्छः देउवा

काठमाडौं २८ बैशाख । माओवादीसँग आगामी संसदीय चुनावपछि पनि दीर्घकालीन सहकार्य हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताएका छन् । उनले भने—स्थानीय चुनावमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संँगसँगै जान सक्छौं ।
माओवादी र कांग्रेसको सहकार्यका धेरै दिनसम्म अगाडि लानुपर्ने अबको आवश्यता रहेको छ, यो चाहाना प्रचण्डलाई पनि छ । भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्डसँगै विहीबार एउटै विमान चढेर भरतपुर आएका देउवाले प्रचण्डको चाहना पनि कांग्रेससँग दीर्घकालीन सहकार्य गर्ने रहेको बताएको हो ।
गिरीजाबाबुको नेतृत्वमा भएको सहमतिपछि बनेको यो संविधान कार्यान्वयन गर्न जरुरी रहेको उनले बताए ।







