उम्मेदवार संगै भोट माग्दै गाउँगाउँमा सांसद

जाजरकोट । वैशाख ३१ मा हुँने चुनावको परिणाम आफ्नो पक्षमा पार्नका लागि जाजरकोटका गाउँ गाउँमा उम्मेदवार संग सांसद पुगेका छन् । यो भन्दा पहिले नपुगेका गाउँमा समेत उम्मेदवार संग सांसद पुगेको पाईएको हो । आफु भन्दा माथेल्लो तहको नेता तथा सांसद लिएर गाउँ गाउँमा उम्मेदवारहरु चुनावी सभा गदैँ भोट माग्नुका साथै विकास सवै गरिदिने आवश्वासन दिदै हिडेको स्थानीयको भनाई छ ।
जिल्लामा भारी वजेट पठाएर चर्चा वटुलेका पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र १ का सांसद शक्तिवहादुर वस्नेत यतिवेला जाजरकोटका गाउँमा हुनुुहुन्छ । यहाँ माओवादी केन्द्रका उम्मेदवार संगै गाउँ ,गाउँमा पुगेर जनतालार्ई माओवादी केन्द्रमा भोट हाल्न अनुरोध गदैँ हिड्नुभएको छ । उहाँ पुगेको ठाउँमा जनताहरु विभिन्न मागहरु ल्याएर भिड लाग्ने गरेको छ । केन्द्रिय राजनीतिमा राम्रो पकट भएका वस्नेत संग जाजरकोका जनताले विकास निर्माणका लागि धेरै आशा गरेको वताउने गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सांसद राजिवविक्रम शाह आफ्ना उम्मेदवार संग घर दैले अभियानमा सरिक हुँदै देश वनाउने जिम्मा आफ्नो दलको काँधमा आएको वताउनुहुन्छ । खानेपानी ,वाटो, विद्युत , विद्यालय निर्माण , सिचाई निर्माण लगाएका कुरा आफ्नो दल विजय भएमा गर्ने एजेण्डा भएको शाहको भनाइ छ । व्यक्तिगत लोभमा नभई समाजसेवा गर्न राजनीतिमा आएको वताउने शाह जाजरकोट क्षेत्र नं २ वाट विजय हुनुभएको थियो । अहिले उहाँ पनि जाजरकोटका गाउँ गाउँमा आफ्ना उम्मेदवारलाई भोट दिन आग्रह गदै हिड्नुभएको छ ।
जाजरकोटकामा काग्रेस र माओवादी केन्द्रको विचमा कडा प्रतिस्पर्दा देखिएको स्थानीय वुद्धीजिवीहरु वताउछन् । त्यस्तै नेकपा एमालेकी समानुपातिक सांसद रिता रावल पनि जाजरकोटको पुर्वी क्षेत्रका गाउँ मा भोट माग्दै हिड्नुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवारलाई भोट दिएर संवृद्ध नेपाल वनाउने अभियान सफल वनाउँन आफ्नो दललाई सहयोग गर्न आग्रह गर्नुहुन्छ ।
यहाँ दुर्गममा जनताहरु भने विकास निर्माण गर्ने समयमा फर्केर नहेर्ने तर चुनावमा विभिन्न मिठा आसश्वास लिएर आउँने नेताहरु देखि वाक्क भएको वताउन थालेका छन् । जनयूद्धको वेला २७ जना गुमाएको भेरी नगरपालिको पिपे ,रिम्ना र ३१ जना गुमाएरको जुनी चाँदे गाउँपालिकोको जुनी वस्तीमा भने चुनावको महोल फरक रहेको छ ।
यहाँका स्थानीयहरु भन्छन् “ हिजो छोरा,छोरी लिएर , आमा,वावा लिएर मार्ने अनि हामीले क्षेतिपुर्ती विकास माग्दा सरकारले उपलव्ध गराएको राहत पनि अदालत गएर उल्टयाउने दललाई कुनै हालतमा भोट नदिर्ने भन्दै आक्रोष पोख्छन् । द्धन्द्धको गाउँ मेट्न र समानपुर्वक वाच्ने अधिकार अझै नआएको भन्दै पिडितहरुले आक्रोष पोखेका हुँन् । यहाँका दलहरु आ आफनो चुनाव जित्ने अंक गणीत प्रस्तुत गर्न थालेका छन् । यसै विच नेकपा एमालेका तर्फवाट त्रिवेणी नलगाड नपा १ का महिला सदस्या विनिता पुनले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।



