हुम्लाको नाम्खा ६ नम्बर वडामा कांग्रेसको पूरै प्यानल निर्विरोध निर्वाचित

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसको पूरै प्यानल निर्विरोध निर्वाचित भएको छ ।

नेपाली कांग्रेस बाहेक अरुको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा पाल्जोर तामाङसहित खुला वडा सदस्यमा कुन्जोग ओब्जाग तामाङ, करजिन लामा र महिला सदस्यमा छिरीङ योकि तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै, खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को महिला सदस्यमा पनि नेपाली कांग्रेसकी मोतीउ बुढा निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।





error: Content is protected !!