विवाह भोज खाँदा मृत्यू

वैशाख १८ जाजरकोट । भेरीनगरपालिका २ दारनेटामा विवाह भोज खाँदा सोमवार ७० वर्षीय कालो पुन मृत्यू भएको छ । विवाह भोज खाएर आईतवार वेलुका सुतेका पुन सोमवार विहान ढिला उठेपछि आफन्तले खोज्दै जाँदा मृत अवस्थामा फेला परेका थिए । पुनको मृत्यू कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले वताएको छ ।
विवाहमा पुनले मधिरा, भात र मासु खाएका थिए । अन्य विवाहमा आएका सवै जनाले पनि सोही भोज मिलेर खाएका थिए । भेरी नगरपालिका २ का गोरखवहादुर घर्तीको छोरीको विवाहमा पुन ओखारे गएका थिए । त्यस्तै जिल्लाको जुनी चाँदे गाउँपालिका ९ का २६ वर्षीय प्रेमवहादुर वस्नेतको माछा मार्न खोला गएको अवस्थामा डुवेर मृत्यू भएको प्रहरीले वताएको छ । डुवेका वस्नेतलाई स्थानीय र उनीसंग माछा मार्न गएका साथीहरुले उद्धार गरेका थिए । आधा घण्टा ढिला पानीवाट निकालेर स्थानीय स्वास्थ्य चौकी ल्याउदै गर्दा वाटोमै वस्नेतको मृत्यू भएको प्रहरीको भनाई छ । प्रहरीले घटना कसरी भयो भनी अनुसन्धान जारी राखेको वताएको छ ।
मृतक दुवैका लास सदरमुकाम स्थित जिल्ला अस्पतालमा ल्याएर पोष्ट मार्टम गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले वताएको छ । जाजरकोट खोला तथा नदिहरुमा जथाभावी करेन्ट लगाएर माछा मार्ने चलन वढेको स्थानीयले वताएका छन् । करेन्ट लगाएर माछा मार्दा कयौँको ज्यान समेत गएको स्थानीयको भनाई छ ।





error: Content is protected !!