बैशाख ३१ को चुनाव नहुने नै भयो त ?

काठमाडौ, बैशाख १७ – दलहरुवीच बेमेल, सत्ता हस्तानतरणका विषयमा मनमुटाव, बजेट ब्यवस्थापनलगायतका विषयले बैशाख ३१ का लागि तोकिएको स्थानीय निर्वाचन अन्यौल र अनिश्चित बन्दै गएको छ ।
सुरुमा एक चरण र पछि दुई चरणमा चुनाव गर्न सहमत भएका दलहरु फेरी एकै चरणको चुनाव गर्ने बरु मिति सार्ने मनस्थितिमा पुगेका छन् ।

यद्यपी नेताहरुले भाषणमा स्थानीय निर्वाचन तोकिएकै मितिमा हुन्छ भन्न नछाडेपनि निर्धारित मितिमा स्थानीय चुनाव हुने सम्भावना टर्दै गएको छ । संविधान संशोधन पारित नहुने संकेत बढेसँगैका अन्य विकसित घट्नाक्रमहरुले गर्दा निर्वाचन पनि टर्दै गएको आशंका गर्न थालिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको चुनाबका लागि बैशाख १९ गते उम्मेद्वारी घोषा गर्नुपर्ने छ । त्यसअघि सवैलाई समेट्न संविधान संशोधन गरिसक्नुपर्नेछ । त्यसका लागि संसद बैठक अनिवार्य छ ।

तर, संसद बैठक बैशाख २१ गतेलाई डाकिएको छ । जवकी मोर्चाले संविधान संशोधनको ग्यारेन्टी गर्न र बैशाख १८ गतेभित्रको अल्टिमेटम दिइसकेको छ । तर, संसद बैठक बैशाख २१ मा तोकिएसँगै मधेसी मोर्चाले १९ गतेको निर्वाचन कार्यतालिका अनुसार आफुहरु उम्मेदवार मनोनयन नगर्ने बताइसकेको छ । राजपाका नेता महेन्द्र राय यादवका अनुसार अब मोर्चा आवद्ध दलहरु निर्वाचनको प्रकृयामा सहभागि हुने छैन । दलहरुलाई चुनाव सार्न मोर्चा चुनावमा सहभागि नबन्ने भन्ने एउटा बहाना मिल्नेछ ।

बालुवाटारमा मिति सार्ने प्रस्ताव
पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई नियाल्दा दलहरु स्वयं चुनावको मिति सार्न अग्रसर भएका यथेस्ट प्रमाणहरु बाहिर आइसकेका छन् ।
यद्यपी बहाना के बनाउने भन्नेमा दलहरु प्रष्ट भइसकेका छैनन् । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलिय बैठकमा नै एमाले र मधेसी मोर्चा हाल (राजपा)का नेताहरुले बैशाख ३१ को चुनावी मिति सार्न प्रस्ताव थिए ।

तर, बालुवाटार बैठकमा राजपा र एमालेको यो प्रस्ताव कांग्रेस मान्न तयार भएन । कांग्रेसले यो प्रस्ताव नमान्नुको पछाडि उसको सत्तारोहण गर्ने समय पछि धकेलिने भएकाले हो । कांग्रेस सभापति शेरबहादुर देउवा जतिसक्दो चाडो सत्तारोहण गर्न चाहान्छन् जुन यसअघि माओवादी केन्द्रसँग भएको सहमतिअनुसार । तर, परिस्थित देउवा अनुकुल हुन सकेन त्यसैले उनी बैशाखमै जसरी पनि चुनाव गर्नुपर्ने अडानबाट पछि हटेका छैनन् ।

श्रोतका अनुसार बालुवाटारमा शुक्रबार भएको सर्वदलिय बैठकमा बजेट, मोर्चा लगायतलाई कारण देखाउदै एमालेले बैशाख ३१ को चुनाव सारेर जेठ १० गते पुर्याउन प्रस्ताव गरेको थियो । यद्यपी नेताहरुले यो विषय अझै गोप्य नै राखेका छन् ।

के-के छन् कारण ?
–संविधान संशोधन पारित हुन कठिन हुनु ।
–संशोधन पारित नभए मधेसी मोर्चा चुनावमा सहभागि नहुने अडानमा बस्नु ।
–संविधान संशोधन कुनै हालतमा पारित हुन नदिने एमाले अडान नडग्मगाउनु ।

तोकिएकै मितिमा चुनाव गर्नुपर्छ भनेर चर्को भाषण गर्ने एमालेले नै चुनाव सार्न प्रस्ताव गरेपछि अव उसको नियतमा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिएका छन् । बरु उपेन्द्र यादव नेतृत्वको गठबन्धनले शुक्रबार सर्वदलिय बैठक अघि नै विज्ञप्ति जारी गरेर बैशाख ३१ को मिति परिवर्तन गरेर एकै चरणमा चुनाव गर्नुपर्ने माग गरेको थियो ।

गठबन्धनले यहि माग सर्वदलिय बैठकमा पनि गर्यो । बैठकमा एमाले र गठबन्धनका प्रायः समान धारणा थिए । बजेट, चुनाव र मिति परिवर्तनका लागि । तर, त्यसबारे एमालेले बाहिर मुख भने खोलेन । बाहिर मुख खोल्दा जनता र मतदाताको तारो बनिन्छ भनेर एमालेले यो योजना अझैपनि गोप्य नै राखेको छ ।

देउवाको प्रयास असफल
निर्वाचनको बाताबरण विग्रदै गएपछि आफ्नो सत्तारोहणको समय पनि पछि धकेलिने बुझेका कांग्रेस सभापति देउवाले शनिबार एकपक्षिय र बहुपक्षीय बार्ता गरे । जसका लागि उनले शनिवार एमाले अध्यक्ष केपी ओलीलाई मनाउने प्रयास पनि गरे तर, सफल भने हुन सकेनन् ।





error: Content is protected !!