भेरीखवर समाचारदाता माथि एमाले कार्यक्रताद्धारा वर्वर आक्रमण


जाजरकोट वैशाख १६ । भेरी खवर डट कममा कार्यरत पत्रकार काँशीराम न्यौपाने माथि नेकपा एमाले का कार्यक्रताद्धारा वर्वतापुर्वक आक्रमण गरिएको छ । मजकोटमा रहेका न्यौपाँने माथि नेकपा एमाले समर्थक प्रेमवहादुर वस्नेतको समुहले ढुङगा प्रवाहर गर्दा न्यौपानेको ४ वटा दाँत झरेका छन् । पत्रकार माथि माओवादीको आरोप लगाउँदै आक्रमण गर्नु राजनीतिक संस्कार नभएर जंगली प्रवृती भएको भेरीखवरको ठहर छ । चित्त नवुझेका कुरा छलफल गरि समाधान गर्नुका साटो आक्रमण गरि ज्यान लिने उदेश्य राख्नु जंगली प्रवृती भएको प्रेस सेन्टर नेपालको ठहर रहेको छ । दोषी माथी तत्काल कारवाही नभएर प्रेस सेन्टर नेपाल र भेरीखवर डटकम कडा आन्दोलनमा उत्रने वताएको छ । उहाँ जुनीचाँदे २ का वासिन्दा हुनुुहुन्छ ।





error: Content is protected !!