चुनावको मिती नजिकीँदै गर्दा बर्दियामा चहलपहल वढ्योे, नेताहरु आश्वासन बाँड्दै गाउँ गाउँमा

गुलरिया , बर्दिया ।चैत्र २८ स्थानीय निकायमा जन निर्वाचित प्रतिनिधि नरहेकोअवस्थामा जनताको स्थान्ीयसरकार प्रतिको वढुदो आकांक्षा दक्षतामा को आधारमा महिलाहरु पनि पुरुष सँगै चुनावलाई लक्षित गरी बर्दियाका प्रमुख प्रतिस्पर्धी दल गाउँ गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा दलका केन्द्रीय नेता देखि वडा स्तरका नेता कार्यकर्ताहरु जतनाको दैलो दैलामा पुगेको हुन् ।
बाढी पीडित, भुमिहिन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् ।
२०७१ साल श्रावणको बाढीबाट बर्दियामा करिब ३ हजार ४ सय भन्दा बढी विस्थापित भएका छन । विस्थापितहरुले पनि आफुलाई पुर्नंवास नगराए सम्म मतदान नगर्ने चेतावनी दिन थालेपछी राजनीतिक दलहरुले पनि यिनीहरुका ऐजण्डा बनाएर चुनावमा होमिएका हुन ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपालले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुर्नंवास, लालपुर्जा, सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, महिला तचथा वालवालवालिका , पिछिडावर्गहरुको लागी पर्यटनका विषयलाई चुनावी मुद्दा समेत बनाउन थालेका छन् ।
सदरमुकाम गुलरीयामा डेरा जमाएर बसेका विभिन्न नेताहरुलाई यतिखेर यस्ता मुद्दाहरु लिएर गाउँ गाउँ र टोलमा भ्यायी नभ्याई छ ।
बर्दियामा चुनावमा सहभागीता जनाउन २० दल दर्ता भएका छन् । हालसम्म कुनै पनि दलले नगरपालिकामा प्रमुख तथा मेयर, उपप्रमुख उपमेयर र गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन् ।
काँग्रेस, एमाले र माओबादीले उम्मेदवारको टुंगो नलगाए पनि आफ्नो पोल्टामा जित पार्न एजेण्डा लिएर आफ्नो दललाई जिताउन आग्रह गर्दै जनताको दैलोमा मत माग्न भने दलहरु व्यस्त रहेका छन् । यस्तै मुख्य चार दलले वडा अध्यक्ष र सदस्य छनौट गर्ने काममा पनि तिब्रता दिएकाको वेलामा महिलाहरुको उजेण्डालाई स्थापीत नगरेर विस्थापीत गर्न खोजेको वताएका छन् ।जनयुद्धमा ५० प्रतिशत जनमुक्ति सेनाहरुले लडाई लडेका थिए ति महिला कहाँ के गर्न सक्दैनर महिलाहरुले पनी देश वनाउन सक्छन भनेर सिकाउने माओवादी केन्द्रको पार्टिले नै महिलाहरुलाई अहिले तिमीहरु नगरप्रमुखमा सक्दैनौ उपप्रमुखमा जाउ भन्दै नेतृत्वहरुले नै प्रमुख पदमा नदिएर विस्थापीत गर्न खोजेको माओवादीको नेतृहरुले आरोप लगाएका छन ।
आसन्न वैशाख ३१ क्mा लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दिया जिल्लामा चुनावी वातावरण बढदै , मेयर र अध्यक्षका आकांक्षीहरू दौडधुपमा ब्यस्त रहेको छ उता ठुला राजनीतिक दलहरुले महिलाहरु ३३प्रतिशत सहभागीता नगरेको महिला नेतृत्वहरुको भनाई छ।
बर्दियामा प्रमुख र अध्यक्षका आकांक्षीहरू दौडधुपमा हेदा महिलाहरुलाई उपप्रमुख उपाध्यक्ष वडा सदस्यहरुमा मात्र सिमीत बनाउदै गइरहेको कारण ठुला राजनीतिक दलहरुमा खैलाभैला सुरु २०७२सालको संविधानमा महिलाहरुको राजनीतिमा ३३ प्रतिशत सहभागीता गराउने नितिनियम भएतामा पनि कुनै पनि पार्टीले नियम लागु नगरेको पार्टीको नेतृहरुले बताएका छन उम्मेद्धार को को ?के के मा
। आसन्न ३१ वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी वातावरण देखिन थालेको छ । राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन गाउँगाउँमा कार्यकर्ता भेलामा जुट्न थालेका छन् ।
जिल्लाका प्रमुख पार्टी कार्यालयहरूमा स्थानीय तहको टिकट कसले पाउने र कसलाई दिने भन्ने चर्चा पनि बाक्लो रूपमा हुन थालेको छ । पार्टी कार्यालयहरूमा दिनहुँ जसो टिकटका लागि बहस चलिरहेको छ ।
नगरपालिकामा मेयर उपमेयर र गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको टिकट कसले हात पार्ला भन्ने कुतूहलता पनि उत्तिकै बढ्दै गएको छ । चुनावको टिकह हात पार्न नेता तथा कार्यकर्ताहरू आफ्नो गच्छेअनुसार दौडाहामा छन् । दिनहुँजसो विभिन्न ठाउँमा दलहरूले कार्यक्रम सञ्चालन गरिरहेका छन् । मत माग्दै दलका नेताहरू सुकुम्बासी बस्ती, मुक्त कमैया बस्ती पुग्न थालेका छन् ।
कार्यकर्ताहरू भेला गरी गाउँगाउँमा चुनावी माहोल आफ्नो पक्षमा बनाउन तीव्र रूपमा लागेका छन् । नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्ष पदका लागि जिल्लामा कांग्रेस र नेकपा एमालेका माओवदी केन्द्र राप्रपामा आकांक्षीहरू आफ्नो पक्षमा जनमत बटुल्न भित्री रूपमा लागिपरेका छन् ।
नेकपा माओवादी केन्द्रले भने पार्टीका तर्फबाट उम्मेदवारका आकांक्षीहरू धेरै भएकाले सम्भावितको नाम सार्वजनिक गर्न चाहेको छैन । माओवादी केन्द्रका जिल्ला अध्यक्ष हिमाल शर्माका अनुसार आकांक्षीहरू धेरै भएकाले सो पार्टी आन्तरिक छलफलमै रहेको छ । केही दिनपछि उम्मेदवारकै नाम सार्वजनिक गर्छौं, अहिले केही भन्न मिल्दैन,’ उनले भने ।
यसैगरी, मधेसी मोर्चामा आबद्ध दल तमलोपा, सद्भावना पार्टी लगायतले मोर्चाको निर्णय अनुसार नै अघि बढ्ने बताए । ‘मोर्चा आन्दोलनमै भएकाले अहिले केही भन्न नसकिने बताउँदै तमलोपाका जिल्ला अध्यक्ष कृतिनाथ यादवले भने, ‘केन्द्रमा मोर्चाले जे निर्णय गर्छ, त्यहीअनुसार नै अघि बढ्छौं ।’ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने जिल्लाका आठवटै स्थानीय तहमा उम्मेदवार खडा गर्ने जिल्ला उपाध्यक्ष प्रभु गोडियाले जानकारी दिए ।
स्थानीय तहको चुनावका लागि बर्दियामा ३ सय ५५ मतदान केन्द्र रहनेछन् ।
गुलरिया नगरपालिका नेपाली कांग्रेस( विजय देवकोटा, मुक्तिनाथ यादव (किट्टु), राधेश्याम थारू, कैलाश अधिकारी, महेन्द्र गिरी, युवराज श्रेष्ठ, सुधांशु शर्मा र राजकुमार श्रीवास्तव
एमाले – हरि ज्ञवाली, बालकृष्ण ओली, अमरबहादुर खड्का र रामबहादुर रावल,
नेकपा माओवादी केन्द्रबाट गेहेन्द्र ढकाल, मिथिला फुयाल , इन्द्रीरा सुवेदी, अशोक यादव– राप्रपावाट मनोजकुमार बर्मा, मग्रे गोडिया र मेघनाथ अधिकारी
बाँसगढी नगरपालिका नेपाली कांग्रेस( गंगाधर पौडेल, गोविन्द रेग्मी र बलिराम थारू,
एमाले – शालिकराम अधिकारी, खडकबहादुर खड्का, सुन्दर ढकाल, पूर्ण अधिकारी र नैन बहादुर खत्री,
माओवादी केन्द्रबाट विनय चौधरी, नरेन्द्र शर्मा
राप्रपा – रामचरण चौधरी
ठाकुरबाबा नगरपालिकाबाट नेपाली कांग्रेस – विद्याप्रसाद खनाल, मक्कुराम चौधरी, नवराज न्यौपाने, तिलक लम्साल, वेदप्रसाद भण्डारी र नन्दराम तिमिल्सेना ,
एमालेबाट– लहानु थारू, भिख्खु थारू, खगेन्द्र खनाल, घन नारायण श्रेष्ठ र जीवन शाही,
नेकपा माओवादीवाट कृष्णा कुमारी कुस्मा, नेत्र आर्चाय
राप्रपा( युवराज शाह र अरुणप्रताप सिंह
मधुवन नगरपालिकामा नेपाली कांग्रेस – बलिराम थारू, प्रेमबहादुर गुरुङ, टेकबहादुर भाट, उदय लम्साल, जग्गाप्रसाद पाण्डे, भरतबहादुर गुरुङ, शुरेश योगी, किरण योगी र गोपाल पौडेल
एमाले – दुर्गा वली, कुलप्रसाद पोख्रेल, टंक पौडेल र टंक वली,
माओवादी केन्द्रबाट लक्ष्मी प्रसाद शर्मा,कृष्णा केसी
राप्रपा( प्रेमबहादुर डाँगी, नरेश जंग शाह र भूमिदत्त शर्मा
राजापुर नगरपालिका बाट नेपाली कांग्रेस – दीपकजंग शाह र रमण रेग्मी
एमाले – इन्द्र सेन, पहाडी थारू र सरमा थारू,
माओवादीबाट दिपेश चौधरी ,शिव राज थारु
राप्रपा( जीवराज रेग्मी, सन्तराम थारू, राममणि उपाध्याय र केशरबहादुर थापा
बाह्रबर्दिया नगरपालिका बाट कांग्रेस( मोहनलाल थारू र प्रशुराम थारु
एमाले – रामबहादुर थारू, पतिराम थारू, मनिराम ज्ञवाली, पदम ढकाल, भक्तबहादुर विक र कमला ज्ञवाली,
माओवादीवाट दुर्गा वहादुर थारु, अञ्जु दहित,विन्ती राम थारु
राप्रपा – हरिचन्द्र शाह, सुमित्रा शर्मा र रामप्रसाद थारू
गेरुवा गाउँपालिका विश्वराज थारु,वेहगराज थारु
कांग्रेस( कमलप्रसाद रेग्मी, जमानसिंह केसी, प्रेम रावल र आलोक चौधरी
एमाले( बुटन चौधरी, सीतामैया शाही र लालबहादुर कडायत,
माओवादीवाट विश्वराज थारु,वेहगराज थारु रहेका छन ।
बढैया गाउँपालिका बाट नेपाली कांग्रेस( भुवनेश्वर थारू, हरिहर चौधरी, मानबहादुर वली, शन्ति अधिकारी, टुकराज घिमिरे, नेत्रबहादुर रानाभाट र घनश्याम घिमिरे
एमाले – लालबहादुर श्रेष्ठ, डिल्ली गौतम, दिलबहादुर केसी र कौशिला सिंह
माओवादी केन्द्रवाट लल्लुराम थारु,कर्ण वहादुर थापा,राधा आर्चाय
राप्रपा – बरातीलाल थारू, रमेश थारू र सोमनाथ पौडेल रहेका छन आकाक्षी रहेका छन। बर्दियाको काँगेस पार्टि, एमाले पािर्ट,माओवादी केन्द्र, राप्रप्रमा लगायत अन्यपार्टिहरुमा ६वटा नगरपालिका र २ गाँउ पालिकामा लगायत प्रत्येक वडामा पुरुषहरुको मात्र वरचस्व, रहेको महिलाहरुलाई प्रमुख र वडा अध्यक्षमा कागेँसले दिएको छैन ।लडाई लडिरहेको छौ कागेँसकी नेतृ मालटी सोडारीले भनीन् । त्यसै गरी एमालेमा पनि कुनै पनि नगर तथा वडा अध्यक्षमा प्रमुख पदमा महिलाहरुको लागी अहिले छुत्याएको छैन भनेर एमाले नेतृ कौसीला सिह भनीन । उता भने माओवादी केन्द्रमा पनि कुनै मनि मेर गाँउका अध्यक्ष र वडा अध्यक्षमा महिलाहरुलाई सहभागीता गराएको छैन । महिला नेतृ मिथीला फुयाल,र अञ्जु दहित,आस्था चौधरी बताए त्यसैगरी राप्रपामा पनी पनी नगरप्रमुख र वडा अध्यक्षमा महिलाहरुलाई दिएको छैन राप्रपाका नेतृ गिता वस्नेतले भनीन सवै ठाँउमा महिलाहरुलाई उपमेयर उपाध्यक्ष र वडा सदस्यमा मात्रै दिदै छन । यो पुरुष प्रधान देशमा समान सहभागीता समावेशी समानुपार्टीक सहभागीता भएको छैन । संविधान कार्यान्वयण गर्न गाह्रो छ महिलाहरुको मुद्धाहरु उजागर गर्न निकै लडाइ लड्नु आवश्यकक्ता रहेको बताइन् ।
वाढी पीडित अख्तियारी तथा राहत ४९करोड ५लाख रकमको निकासा पत्र माननीय सभासद सन्तकुमार थारुद्धारा हस्तान्तान्त्ररण कार्यक्रम सम्पन्न
गुलरिया बर्दिया चौत्र २८ । आज वाढी पीडित अख्तियारी तथा राहत ४९करोड ५लाख रकमको निकासा पत्र माननीय सभासद सन्तकुमार थारुद्धारा हस्तान्तान्त्ररण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दियाको वाह्रवर्दिया नगरपालिका वडा नम्वर २मा युवक मावि जोगी गाँउको स्कुलमा वाढी पीडित अख्तियारी तथा राहत निकासा पत्र हस्तान्तान्त्ररण कार्यक्रममा प्रमुख अथिती तथा माननीय सभासद सन्तकुमार थारुले उक्त निकासा पत्र हस्तारण गुर्नभएको छ ।
सो कार्यक्रमा सभासद थारु बर्दियाका पुर्ण क्षेति घरका घरहरुलाई ५० हजार घर निमार्णको लागी र ५०हजार प्रति घरलाई जग्गा खरिदको लागी भनेर वाढी पीडितलाई उक्त रकम हस्तान्तान्त्ररण गर्नुभएको हो ।
उक्त रकम निकासा हस्तान्तान्त्ररणमा नेकपा माओवादी केन्द्रको पोलीट व्युरो सदस्य तथा पुर्व राज्य मन्त्री विष्णु प्रासद चौधरीले, माओवदी केन्द्रको केन्द्रीय सदस्य दुर्गावहादुर चौधरी, वाढी पीडित समीतिका अध्यक्ष विन्तीराम चौधरी निकासा हस्तान्त्रणको विषयमा सम्वोधन गरेका थिए उक्त निकासा हस्तारन्त्रण भएपछि वाह्रवर्दियााका जनताहरु निकै खुसी भएका छन उनीहरुले घर निमार्ण तथा जग्गाा खरिदमा पहिलो किस्तामा १ लाख रकम पाउने भएपछि घरघरमा खुसीयाली छाएको वाह्रबर्दिया नगरपालीका वडा नम्वर २का वाढी पीडित कृष्ण चौधरीले, सिता चौधरी लगायत अन्य जनता खुसी रहेको बाढी पीडित समीतिको उपाध्यक्ष रन्जना थारुले माओावदी केन्द्रको सरकारले जनतालाई राहत दिएको बताउनु भयो । रासस मेनका चौधरी



