८ महिनामा ३ सय २८ जना बिरामी मानसिक विरामी

सुर्खेत, चैत, २५ । यहाँ ८ महिनामा ३ सय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकहरुले वताएका छन् । अहिले सम्मको तथ्यांक अनुसार प्रदेश नम्बर ५, ६ र ७ मा मानसिक रोग बढी देखा पर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भु प्रसाद ज्ञवालीले जानकारी दिएका दिनुभयो । ज्ञवालीका अनुसार सुर्खेतमा चालु आर्थिक वर्षको ८ महिनामा ३ सय २८ जना मानसिक रोगका बिरामी उपचाररत रहेका छन् ।
यो रोग सबैभन्दा बढी युवा युवतीमा देखा परेको भन्दै उहाँले मानसिक रोग महिलामा बढी देखिएता पनि आत्महत्या गर्नेमा भने पुरुषको संख्या बढी रहेको बताउनुभयो । दैनिकजसो ३० देखि ४० मिनेट सम्ममा योग तथा शारीरिक व्यायाम गरेमा, मन खुसी राखेमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।
प्रमुख ज्ञवालीले मानसिक रोग विकराल रुपमा फैलिएको भएपनि मानसिक रोगको क्षेत्रमा राज्यले एक प्रतिशत मात्रै लगानी गरेको उहाँको भनाई छ । उहाँले मानसिक रोग निवारणको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम र यस क्षेत्रमा उचित लगानी पनि हुनुपर्ने गनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेहेलुकना, पञ्चपुरी नगरपालिकाको सालकोट लेकबेशी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परिक्षण र उपचार गर्ने व्यवस्था मिलाईएको छ ।





error: Content is protected !!