संशोधन प्रस्तावलाई प्रक्रियामा लान दिने तर विपक्षमा उभिने एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक पर्ने सवै सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दल र विभागको संयुक्त बैठकले निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको निष्कर्ष निकाल्दै सफलतापूर्वक सम्पन्न गर्न परिचालित हुने निर्णय समेत गरेको छ ।
बैठकले संविधान संशोधन विधेयक पारित हुन नसक्ने ठहर गर्दै प्रक्रियाको विषयमा विपक्षी ९ दलको बैठकबाट निर्णय लिने निष्कर्ष निलेकाको एमाले सचिव समेत रहेका सांसद भीम आचार्यले जानकारी दिए । स्रोतका अनुसार एमालेले संशोधन प्रक्रियालाई छलफलमा लैजान दिने भएको छ । तर प्रस्तावको विपक्षमा खुलेरै प्रस्तुत हुने नीति एमालेको छ ।
बैठकमा ओलीले एमालेको मेची महाकाली अभियान र सांसदहरुले खेल्नुपर्ने भूमिका, निर्वाचन र संविधान संशोधनमा केन्द्रित भएर धारणा राखेका थिए । ‘संविधान संशोधन प्रस्तावलाई संसदले पास गर्दैन र विभिन्न उतारचढावहरु पनि होला । तर हामी तोकिएकै निष्कर्षमा पुराउँछौँ ।’ ओलीको भनाई उदृत गर्दै सांसद रामेश्वर फुँयालले भने ३५ ठाउँमा कम्तिमा ५० हजारको आमसभा हुने, १५ लाख जनपरिचालन र ५० लाखलाई सहभागी गराउछौँ । तपाईहरु युद्धस्तरको तयारीमा लाग्नुस । यो अभियान पानी परेपनि, असिना झरेपनि, बन्द आयोजना भएपनि छेक्ने छैन् । समुद्रको छालझै अभियान अघि बढ्छ ।’










