जाजरकोटका शिक्षकहरु शैक्षिक सामग्रीहरु वनाउन सिक्दै

हेमन्त के सी जाजरकोट । जिल्ला भरिका शिक्षकहरु शैक्षिक गुणस्तर सुधारका लागि भन्दै शैक्षिक सामग्री निर्माणमा जुटेका छन् । वजारमा पाईने सामग्री महंगो भएको भन्दै स्थानीय रुपमा पाईने स्रोत सामग्रीहरुलाई प्रयोग ल्याई शैक्षिक सुधार गर्न सकिने शिक्षकहरुको भनाई छ ।
शैक्षिक सामग्री निर्माण गर्नका लागि विभिन्न विधीहरु र विद्यार्थीलाई ठोस रुपमा ज्ञान आर्जन गर्ने वातावरण निर्माणका लागि यहाँका शिक्षकलाई तालिम दिईएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । तालिममा सिकेका कुरा कक्षा कोठामा गएर प्रयोग गर्न समस्य भएको भन्दै सो निदानका लागि शिक्षक नै पहिला सिक्नु पर्ने तालिमका प्रशिक्षकहरुको जोड छ । यहाँका शिक्षकहरुले पाठ योजना निर्माण नगरि खाली कक्षा कोठामा गई पाठहरु भट्याउदा विद्यार्थीहरुको सिकाई उपलव्धी गुमेको भन्दै जिल्ला शिक्षा कार्यालयले अव नयाँ विधी प्रयोग गरि विद्यार्थीहरुको सिकन पाउने अधिकार सुनिश्चित गर्न जिल्ला भरीका शिक्षकलाई तालिम दिएको वताएको छ । स्थानीय रुपमा भएका शैक्षिक सामग्रीहरु प्रयोग गरि शिक्षण गर्दा विद्यार्थीहरुको सिकाई पनि दिगो हुँने शिक्षकहरुले नै वताएका छन् ।
माल भएर पनि चाल नपाउँदा आफुहरुले कक्षा कोठामा प्रभावकारी शिक्षण गर्न नसकेको शिक्षकहरुले वताएका छन् । शिक्षण गर्ने कला र आवश्यक विधीको अभावमा जिल्लाको शैक्षिक अवस्था सुधार्न मुस्किल भएको जिल्ला शिक्षा कार्यालयले वताउदै आएको छ । तालिम लिएर गएका शिक्षकहरुले विद्यालयमा कस्तो पढाए र कति सिकाई उपलव्धी भयो भनेर मापन नगरि अव करार शिक्षकको म्याद र स्थायी शिक्षकको गेट नथपिने जिल्ला शिक्षा अधिकारी सिंहले वताउनुभयो । विद्यालयमा विद्यार्थीहरुले हार्सिल गरेको सिकाई उपलव्धि लाई मात्र जोडेर शिक्षकको स्तरउन्नती हुँने कार्यालयको यो अभियान संगै जिल्ला को शैक्षिक उन्न्ती हुँने आशा व्यक्त गरिएको छ । विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित गराउनु र आवश्यक ज्ञान आर्जन गराउनु पहिलो दायित्व शिक्षककै भएको भन्दै जिल्ला शिक्षा कार्यालयले यो अभियानमा सवैले साथ दिन अनुरोध समेत गरेको छ । अरुलाई सिकाउनका लागि पहिले आफै धेरै सिक्नुपर्ने शिक्षाको क्षेत्रमा काम गदै आएको आसमान नेपालका जिल्ला संयोजक नेत्रलाल सुनारले वताए ।
जाजरकोटका करिव ४ सय ५२ विद्यालयका शिक्षकलाई यो शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग र स्थानीय स्तरमा रहेका वस्तुवाट शैक्षिक सामग्री निर्माणको तालिम दिईएको छ । विशेष गरि नेपाली र गणीत विषयको सिकाई विधी मुल्यांकन र असल अभ्यास जिल्ला भरीका शिक्षकलाई गराएको छ । यूरोपियन यूनियानको सहयोग भिएसऔ नेपाल तथा आसमान नेपालको साझेदारीमा जिल्ला शिक्षा कार्यालयले यस्तो गरेको हो । कक्षा १ देखि ३ सम्माका सवै विद्यालयमा यस्तो तालिम दिईएको छ ।










