के विप्लव माओवादी पनि फुट्न लागेको हो , विश्वकर्माले फरक दस्तावेज ल्याउँदै

 काठमाडौं, । आठौं महाधिवेशनको उदघाटन काठमाडौंको खुल्लामन्चमा गरेको नेकपा माओवादी०ले बन्दसत्रका लागी जनयुद्दको उद्गम थलो रोल्पाको थवाङलाई रोजेपनि पार्टीभित्र भने विभाजनको संकेत देखिन थालेको छ ।
थवाङमा चल्ने बन्दसत्रका लागी महासचिव नेत्रविक्रम चन्द विप्लवले एकिकृत क्रान्तिको पूरक दस्तावेज ल्याउने भएपछि अर्का प्रभावशाली नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले फरक दस्तावेज ल्याउने तयारी गरिरहेको माओवादी स्रोेतले बताएको छ ।
पार्टी निर्माणदेखि नै रणनीतिक र कार्यनीतिलाई लिएर फरक मत राख्दै आएका प्रकाण्डले आठौं महाधिवेशनमा फरक दस्तावेज ल्याउने तयारी गरेपछि दस्तावेज रोक्नका लागी विप्लवले अन्तिमसम्म प्रयत्न गरिरहेको बताइएको छ ।
करिब ७५ वटै जिल्लामा विप्लव र प्रकाण्डको छुट्टाछुट्टै प्यानल सक्रिय रहेको समेत खबरडबलीलाई स्रोतले बतायो । अझ कतिसम्म भने एक पक्षले अर्को पक्षलाई कारवाही गर्नेसम्मको घटनाहरु विप्लव माओवादीभित्र चलेपनि अर्धभुमिगत कार्यशैलीका कारण बाहिर चर्चामा आएन ।
कतिपय जनवर्गिय संगठनको नेतृत्वमा भने प्रष्टसँग विप्लव र प्रकाण्डको अन्तरविरोधका कारण गुटहरु सक्रिय रहिरहेका थिए ।
पार्टी फुटको २ वर्षसम्म गोलचक्करमा फसिरहेको र महासचवि विप्लवको कार्यदिशा अर्कमन्यतावादी रहेको भन्दै नेता प्रकाण्डले आफ्नो पक्षलाई बताईरहेका थिए ।
माओवादी स्रोत भन्छ–ठुलै उथलपुथलपूर्ण परिर्वतन नभए थवाङमा विप्लवले प्रकाण्डको फरकमतको सामना गर्नेछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!