स्थानीय तह पुनर्संरचनाबारे पाँच दलको बैठक फेरि सुझाव माग्नुको औचित्य नभएको एमालेको तर्क

काठमाण्डौ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनबारेमा छलफल गर्न विहीबार बसेको प्रमुख पाँच दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । स्थानीय तहको पुनर्संरचना प्रतिवेदनमा दलहरुबीच सहमति नजुटेको भन्दै प्रतिवेदन अध्ययन गर्न सरकारले तीन सदस्य समिति गठन गरेको थियो ।

प्रतिवेदनको पुनः अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठन गरिएको समितिलाई १५ दिनको समय दिइएको थियो । समिति गठन भएको एक साता भन्दा बढी भइसकेको छ । दलहरुका नेताहरुको सुझाव माग्नकै लागि पाण्डे संयोजक रहेको समितिले प्रमुख पाँच दलको बैठक बोलाएको हो ।
तर स्थानीय तहको प्रतिवेदनबारे बोलाइएको छलफलमा एमाले नेताहरुले सुझाव माग्नुको औचित्य नभएको भन्दै आक्रोश ब्यक्त गरे । बैठकमा उपस्थित प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संवैधानिक आयोगले तयार पारिसकेको प्रतिवेदनमाथि सरकारले फेरि सुझाव माग्नुको औचित्य नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस नेता एवं उपप्रधानमन्त्री बिमलेन्द्र निधि, नेकपा एमालेका उपाध्यक्ष रावल, राप्रपाका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव सहभागी थिए ।





error: Content is protected !!