फेब्रेवरीलाई आयोडिन महिनाका रुपमा मनाईने

दीपबहादुर घर्ती

received_12515083249433671-358x300जाजरकोट । देशका ७५ वटै जिल्लामा फेब्रेवरीलाई आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार फेब्रेवरीलाई आयोडिन महिनाका रुपमा मनाईने भएको हो ।

“सधै दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्रै खाने गारौं ।” भन्ने मुल नारा सहित ७५ जिल्लामा मनाईने आयोडिन फेब्रेवरी महिना मनाउनलाई जाजरकोटमा एक कार्ययोजना तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन सुशिल शाहीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटको आयोजनामा स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयहरुको उपस्थितिमा बसेको बैठकले आयोडिन फेब्रेवरी महिना मनाउनलाई ठोस कार्ययोजना तयार गरेको हो ।
कार्ययोजनामा जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा अन्तरक्रिया सञ्चालन गर्ने, आयोडिन टेष्ट किट मार्फत प्रदर्शनी गर्ने, स्थानिय सञ्चार माध्यमवाट आयोडिनको महत्ववारे सन्देस प्रसारण गर्ने, जिल्ला सदरमुकाममा सन्देशमुलक र्याली प्रदर्शन, जिल्लाका बिभिन्न ठाउँमा जनचेतना मुलक ब्यानर राख्ने कार्यक्रम रहेको छ, शाहीले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटको आयोजनामा जिल्लामा कार्यरत कृषि तथा खाद्य सुरक्षा आयोजना, सुआहारा कार्यक्रम, सेभ द चिल्ड्रेन, पाँचतारा युवा संरक्षक मञ्च, पहल कार्यक्रम, पहाडी क्षेत्र विकास अभियानको सहयोगमा आयोडिन फेब्रेवरी महिना मनाईने शाहीले जानकारी दिएका छन् ।
शारीरिक तथा मानसिक बृद्धी बिकासका लागि दैनिक मानवलाई अन्न, पशुपंक्षी, हरियो सागपात पहिला फलफुल, गेडागुडी चाहिने भए जस्तै आयोडिन पनि अनिवार्य चाहिने चिकित्सकहरुको भनाई रहेको छ । महिला तथा बालबालिकाहरुका लागि आयोडिन झनै आबश्यक पर्ने बताईएको छ । आयोडिन युक्त दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन प्रयोग गर्दा बन्द गर्न मिल्ने बट्टामा राखेर मात्र प्रयोग गर्नु पर्ने पोषणकर्मीहरुको भनाई रहेको छ । प्याकेटको नुन खुल्ला प्रयोग गर्दा आयोडिनको मात्र उडेर जान सक्ने बताईएको छ ।
मानसिक तथा शारीरिक रुपमा स्वस्त बन्नका लागि हरेक मानवले दैनिक शक्ति दिने, शारीरिक बृद्धी गर्ने, प्रोट्रिन, आईरन, भिटामिन र आयोडिनयुक्त खानाहरु खानु पर्ने बिज्ञहरुले वताउदै आएका छन् ।





error: Content is protected !!